११ चैत्र, काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निजामती कर्मचारीका लागि छात्रवृत्ति अध्ययनका लागि निवेदन माग गरेको छ ।
चीन तथा अष्ट्रेलिया सरकारका तर्फबाट प्राप्त छात्रवृत्ति कोटामा अध्ययनका लागि मन्त्रालय मातहत निकायका इच्छुक कर्मचारीहरुबाट निवेदन माग गरिएको हो ।
इच्छुक कर्मचारीले आफ्नो विवरण खुलाई वैशाख २ सम्म मन्त्रालयको जनशक्ति योजना तथा विकास शाखामा निदवेशन दिन भनिएको छ ।g