back
CTIZAN AD

शरणार्थी क्याम्पमा आगलागी हुँदा १५ को मृत्यु, चार सय बेपत्ता

वि.सं.२०७७ चैत ११ बुधवार

690 

shares

११ चैत्र, बंगलादेश । बंगलादेशको कक्सबजारस्थित रोहिंग्या शरणार्थी क्याम्पमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ।

संयुक्त राष्ट्र संघ शरणार्थी एजेन्सीले मंगलबार दिएको जानकारी अनुसार कम्तीमा १५ जनाको मृत्यु र चार सय जना बेपत्ता छन्।‘यो विशाल छ, यो विनाशकारी छ,’ युएनएचसिआरका जोहानेस भानडेर क्लाउले भने।उनका अनुसार पाँच सय ५० जना घाइते र ४५ हजार जना विस्थापित छन्।

बंगलादेशी अधिकारीहरूका अनुसार आगलागी हुनुको कारणबारे अनुसन्धान गरिरहेको रोयटर्सले जनाएको छ।‘सबै सक्यो। हजारौं घरविहीन भएका छन्,’ बालुखाली क्याम्पबाट शरणार्थी अमन उल्लाले रोयटर्ससँग भने,’आगलागी ६ घण्टापछि नियन्त्रणमा लिइएको थियो तर केही भागमा रातभर धुँवा उडेको देखिन्थ्यो।’

बंगलादेशी अधिकारीहरूले अहिलेसम्म ११ जनाको मृत्यु भएको बताएको छ। ४० हजार क्याम्पका टहराहरू जलेको प्रकोप व्यवस्थापन र राहत मन्त्रालयका सचिव मोहम्मद मोहसिनले बताए। एजेन्सी

वि.सं.२०७७ चैत ११ बुधवार १५:३४ मा प्रकाशित

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

तेहरान ।  इरानले आफ्नो दक्षिणी तटीय क्षेत्रमा रहेका निगरानी तथा...

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

बेइजिङ ।   चीनको एक साइबर सुरक्षा निकायले अमेरिकी कृत्रिम बुद्धिमत्ता...

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

अटलान्टा ।  इजिप्ट फुटबल सङ्घले अर्जेन्टिनाविरुद्धको विश्वकप फुटबल २०२६ को...

प्रशिद्ध ब्रान्डको लोगो प्रयोग गरेर  नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

प्रशिद्ध ब्रान्डको लोगो प्रयोग गरेर  नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

ब्रसेल्स ।  युरोपेली संघ ९ईयू०ले चीनमा निर्मित दुई लाखभन्दा बढी...

दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढेको संयुक्त राष्ट्रसङ्घको दावी 

दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढेको संयुक्त राष्ट्रसङ्घको दावी 

जेनेभा  । संयुक्त राष्ट्र सङ्घले सन् २०२५मा दुई वर्षको गिरावटपछि...