back
CTIZAN AD

४१ अकंले बढ्यो नेप्से, साल्ट टेडिङ्ग कर्पोरेशनको सेयर मुल्य १० प्रतिशतले बढ्यो

वि.सं.२०७७ चैत ११ बुधवार

684 

shares

३ फागुन, काठमाडौँ । साताको चौथो दिन बुधबार सेयर बजार (नेप्से) ४१ दशमलव ३ अकंले बढेर समग्र परिसूचक २५७० दशमलव २५ बिन्दुमा पुगेको हो । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ७ दशमलब ०६ अकंले बढेर ४५५ दशमलब ९५ अकंमा पुगेको छ ।

आज नेप्सेमा सूचिकृत हाइड्रोपावर श्रेत्रका बाहेक सबै कम्पनी सूचक उकालो लागेको छ ।

आज कुल सूचिकृतमध्ये २०८ कम्पनीका ६ अर्ब ६७ करोड ४४ लाख २३ हजार ९४० रुपैंया बराबरको १ करोड ६९ लाख ३४ हजार ८९३ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ७२ हजार ९ ५७ पटक लेनदेन भएको छ ।

कारोबार रकमको आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैँक, अपर तामाकोशी, नेपाल बंग्लादेश बैँक, एचआईडिसीएल लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा सनराईज म्यूचल फण्ड, नेपाल इन्फ्रास्ट्रक्चर बैँक, नेपाल बंग्लादेश बैंक,एचआईडिसीएल लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सबै भन्दा धेरै साल्ट टेडिङ्ग कर्पोरेशन लिमिटेड कम्पनीका लगानीकर्ताहरुले कमाएका छन । उनीहरुले १० प्रतिशतले कमाएका छन । त्यसैगरी एचआईडिसीएल, चन्द्रागिरी हिल्स, आरएसडिसी लघुवित्त, माउन्टेन हाइड्रो नेपाल लगायतका लगानीकर्ताहरुले उच्च अकंले कमाएका छन भने रैराङ हाइड्रोपावर, अपर तामाकोशी, सान्जेन जलविघृत, खानी खोला हाइड्रोपावर लगायतका कम्पनीका लगानीकर्ताहरुले उच्च अकंले गुमाएका छन ।

आज भएको कारोबारमा १४६ कम्पनी लागनीकर्ताले कमाउदाँ २१ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने ११ कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन ।

वि.सं.२०७७ चैत ११ बुधवार १५:२० मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...