back
CTIZAN AD

सामाजिक दूरी कायम नगर्ने र मास्क नलगाइ हिड्नेलाई कारबाही गरिने चेतावनी

वि.सं.२०७७ चैत १२ बिहीवार

720 

shares

१२ चैत, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमण वृद्दि हुँदै गइरहेको अवस्थामा स्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक विज्ञप्ति जारी गर्दै भारतमा तिब्र रुपमा फैलिएको कोरोना भाइरसका कारण र त्यहाँबाट आवत–जावत बढिरहेको अवस्थामा नेपालमा पनि कोरोना संक्रमणको उच्च जोखिम बढेको भन्दै यस्तो चेतावनी दिएको हो ।
‘कोभिड १९ को संभाव्य जोखिमहरु न्यूनिकरण गरी संक्रमण बढ्न नदिन सार्वजनिकस्थलमा भिडभाड नगर्ने, फागुपर्वको अवसरमा सार्वजनिक स्थलमा भिडभाड नगर्ने, होली पर्वलाई आफ्नो घरभित्र नै सिमित रही सामाजिक, सांस्कृतिक मर्यादा अनुसार खेल्ने, घर बाहिर तथा सार्वजनिक स्थान सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य रुपमा मास्क, स्यानिटाइजर र सामाजिक\भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘ सार्वजनिक स्थानमा आवत जावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्य मापदण्ड पालना नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही समेत हुनेछ ।’

पछिल्लो समय देशैभरी कोरोना संक्रमणमा वृद्दि हुन थालेपछि स्वास्थ्य सचेतना अपनाउन र स्वास्थ्य मापदण्ड पालना नगरे कारबाही गर्ने चेतावनी स्थानीय प्रशासनले दिन थालेका छन् ।

press_(1).jpeg

 

 

वि.सं.२०७७ चैत १२ बिहीवार ०९:३० मा प्रकाशित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

काठमाडौं । नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

रहिनन् जसमति

रहिनन् जसमति

नेपाली कांग्रेसकी नेतृ जसमति गुुरुङको निधन भएको छ । केहि...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...