back
CTIZAN AD

म्याग्दीमा विदेशबाट आउनेले १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने

वि.सं.२०७७ चैत १२ बिहीवार

696 

shares

१२ चैत, म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले विदेशबाट आउनेलाई अनिवार्य १० दिन क्वारेन्टिनमा बस्नुपर्ने बताएको छ ।

भारतमा कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै उच्च सतर्कता अपनाउदै म्याग्दीमा विभिन्न कम्पनीले भारत लगायतका विभिन्न देशबाट ल्याउने कामदारहरुलाई १० दिन अनिवार्य क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउन कम्पनीलाई आग्रह गरिएको छ ।

‘यहाँ रहेका विभिन्न हाइड्रो पावरलगायतका क्षेत्रमा भारतीय कामदार ल्याइएकोमा केहीलाई कोभिड देखिएकाले यस्तो आग्रह गरेका हौं,’ सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले संसारन्युजसँग भने, ‘कामदार ल्याउने कम्पनी स्वयम्ले आफ्नो व्यवस्थापनमा क्वारेन्टिनमा राख्नुपर्नेछ ।’

पन्तले जिल्ला कारागारमा रहेका एक कैदी र अन्नपूर्ण गाउँपालिका नारच्याङमा रहेको निर्माणधिन निलगिरीखोला जलविद्युत् आयोजनामा कामगर्नका लागि भारतबाट ल्याइएका चारजना मजदुरमा कोरोना संक्रमण देखिएको भएको पनि बताएका छन् ।

त्यस्तै विदेशबाट म्याग्दीमा आउने नेपालीहरुले पनि अनिवार्य रुपमा होम क्वारेन्टिनमा रहनुपर्ने बताइएको छ ।
बुधबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण नियन्त्रणका लागि सतर्कता अपनाउन थप निर्णयहरु सार्वजनिक गरेको छ ।

जिल्लास्थित पहिले संचालनमा आएका क्वारेन्टिन, आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा राखेर त्यहाँबाट दिइने सेवालाई अझ प्रभावकारी बनाउन आवस्यक तयारी गर्ने ।

रात्रिकालिन समयमा सन्चालन हुने व्यवसायमा भिडभाड हुन नदिने र अवेरसम्म सन्चालन नगर्नका लागि व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

त्यस्तै सीमा नाका तथा विदेशबाट आउने यात्रुहरुको आवत जावतको अभिलेख राख्ने र स्वाथ्य परीक्षण नभएकालाई कडाइका साथ चेकजाँच गर्नेलगायतका विभिन्न निर्णय गरेको छ ।

जनहितमा_जारी_गरिएको_सूचना.jpg

वि.सं.२०७७ चैत १२ बिहीवार १०:१२ मा प्रकाशित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

काठमाडौं । नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

रहिनन् जसमति

रहिनन् जसमति

नेपाली कांग्रेसकी नेतृ जसमति गुुरुङको निधन भएको छ । केहि...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...