back
CTIZAN AD

जर्मनीद्वारा रु एक अर्ब चालीस करोड अनुदान सहयोग

वि.सं.२०७७ चैत १२ बिहीवार

660 

shares

१२ चैत, काठमाडौँ । सङ्घीय गणतन्त्र जर्मनीले नेपालको हरित पुनःप्राप्ति प्रोत्साहन तथा समावेशी विकासका लागि रु एक अर्ब चालीस करोड अनुदान सहयोग गर्ने भएको छ ।

अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शेफेर र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले बुधबार हस्ताक्षर गरेका यहाँस्थित सङ्घीय गणतन्त्र जर्मनीको राजदूतावासले आज जनाएको छ । नेपालका नगरोन्मुख भेगका निजी तथा सार्वजनिक क्षेत्रमा कृषिभूमि सौर्य ‘ग्रिड’ विस्तार, सौर्य ऊर्जाको उपयोगबाट सिँचाइको व्यवस्था तथा समावेशी आर्थिक विकासका लागि अनुदान सहयोग खर्च गरिनेछ ।

साथै सुदूरवर्ती क्षेत्रमा लघुग्रिडका माध्यमबाट भरपर्दो स्वच्छ ऊर्जा उपलब्ध गराइने छ । अनुुदान सहयोगको प्राविधिक पक्षले सार्वजनिक र निजी क्षेत्रका स्वच्छ ऊर्जासम्बन्धी परियोजना कार्यान्वयनमा टेवा पुर्याउने तथा वित्तीय सहायताको पाटाले लगानीका निम्ति भरथेग गर्नेछन् ।
रासस

वि.सं.२०७७ चैत १२ बिहीवार १६:१७ मा प्रकाशित

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...