१२ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको २ हजार ८९१ नमुना परीक्षणमा १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज थपिएका १२० जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७६ हजार ५०९ पुगेको छ ।
त्यसैगरी आज देशैभरी ८५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ८५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७२ हजार २७२ पुगेको छ । निको हुनेको यो दर ९८.५ प्रतिशत हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा निधन हुनेको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार २० पुगेको छ ।
त्यस्तै देशैभरी संक्रिय संक्रमितको संख्या १२१७ रहेको छ भने क्वारेन्टिनमा रहनेको संख्या ५५ रहेको छ ।
वि.सं.२०७७ चैत १२ बिहीवार १७:०० मा प्रकाशित






























