back
CTIZAN AD

पछिल्लो २४ घण्टामा देशैभरी थपिए १४५ संक्रमित, १ जनाको निधन

वि.सं.२०७७ चैत ११ बुधवार

738 

shares

११ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ३ हजार ९६३ नमुना परीक्षणमा १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज काठमाडौंमा ५३, भक्तपुरमा २ र ललितपुरमा ८ गरी ५३ जनामा संक्रमण पुष्टि भएको छ ।

आज थपिएका १४५ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७६ हजार ३८९ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ९० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ९० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७२ हजार १८७ पुगेको छ । निको हुनेको यो दर ९८.५ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार २० पुगेको छ ।

त्यस्तै देशैभरीका अस्पतालमा ४५ जना आइसीयुमा रहेका छन् । ती मध्ये पाँचजनाको भेन्टिलेटरमा उपचार भइरहेको पनि स्वास्थ्य मन्त्रालयका डाक्टर समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।

त्यस्तै देशैभरी ९६९ जना होम आइसोलेसनमा र संस्थागत आइसोलेशनमा २१३ जना गरी १ हजार १८२ जना सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयले पछिल्लो चरणमा कोरोना संक्रमितको संख्या बढ्दै गएकाले यहि चैत १५ र १६ गते परेको फागु पुर्णिमा (होली) मा भिडभाड नगरी घरमै बसेर मनाउन पनि अनुरोध गरेको छ ।

फेरि बढ्दै कोरोना संक्रमितको संख्या, पछिल्लो २४ घण्टामा १८८ जनामा संक्रमण

वि.सं.२०७७ चैत ११ बुधवार १६:३९ मा प्रकाशित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

काठमाडौं । नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

रहिनन् जसमति

रहिनन् जसमति

नेपाली कांग्रेसकी नेतृ जसमति गुुरुङको निधन भएको छ । केहि...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...