११ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ३ हजार ९६३ नमुना परीक्षणमा १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज काठमाडौंमा ५३, भक्तपुरमा २ र ललितपुरमा ८ गरी ५३ जनामा संक्रमण पुष्टि भएको छ ।
आज थपिएका १४५ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७६ हजार ३८९ पुगेको छ ।
त्यसैगरी आज देशैभरी ९० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ९० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७२ हजार १८७ पुगेको छ । निको हुनेको यो दर ९८.५ प्रतिशत हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार २० पुगेको छ ।
त्यस्तै देशैभरीका अस्पतालमा ४५ जना आइसीयुमा रहेका छन् । ती मध्ये पाँचजनाको भेन्टिलेटरमा उपचार भइरहेको पनि स्वास्थ्य मन्त्रालयका डाक्टर समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।
त्यस्तै देशैभरी ९६९ जना होम आइसोलेसनमा र संस्थागत आइसोलेशनमा २१३ जना गरी १ हजार १८२ जना सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयले पछिल्लो चरणमा कोरोना संक्रमितको संख्या बढ्दै गएकाले यहि चैत १५ र १६ गते परेको फागु पुर्णिमा (होली) मा भिडभाड नगरी घरमै बसेर मनाउन पनि अनुरोध गरेको छ ।
फेरि बढ्दै कोरोना संक्रमितको संख्या, पछिल्लो २४ घण्टामा १८८ जनामा संक्रमण
वि.सं.२०७७ चैत ११ बुधवार १६:३९ मा प्रकाशित