back
CTIZAN AD

कोरोना संक्रमित विद्यार्थीले नमानेपछि स्नातकतहको परीक्षा संचालन हुने

वि.सं.२०७७ चैत १३ शुक्रवार

654 

shares

१३ चैत, काठमाडौं । पोखरामा कोरोना संक्रमण देखिएका विद्यार्थीले नै परीक्षा स्थगित गर्न नमानेपछि परीक्षा संचालन हुने भएको छ ।

पोखराको लामाचौरस्थित इन्जिनियरिङ अध्ययन संस्थान परिश्चमान्चल क्याम्पसका ७४ जना विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि स्नातक तह चौथो वर्षको परीक्षा स्थगित गरिएको थियो । तर संक्रमित विद्यार्थीले नै एकवर्ष खेर जाने भन्दै परीक्षामा सामेल हुने भनेपछि परीक्षा सुरु गर्न लागिएको क्याम्पसले जनााएको विहीबारको कान्तिपुर दैनिकमा समाचार छ ।

चौथो वर्षमा ३ सय ७६ विद्यार्थी रहेकामा १६ जना संक्रमित छन् । ‘संक्रमित र अन्य विद्यार्थीलाई छुट्टाछुट्टै भवन र कोठामा भौतिक दूरी कायम राख्दै परीक्षा लिन्छौं,‘ क्याम्पस प्रमुख रामप्रसाद पौडेलले भने, ‘उत्तरपुस्तिका एउटा बास्केटमा राखेर केही दिनपछि स्यानेटाइजरलगायतका सबै सुरक्षाका उपाय अवलम्बन गरिनेछ । ’

विद्यार्थी र क्याम्पस प्रशासनबीचको सहमतिमै परीक्षा गर्न लागिएको स्ववियु सभापति इन्द्र पौडेलले बताए ।

चारदिनमा ७४ विद्यार्थी संक्रमित भएपछि स्नातकतहको परीक्षा नै स्थगित

 

वि.सं.२०७७ चैत १३ शुक्रवार ०९:०९ मा प्रकाशित

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...