१३ चैत्र, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको १९औं वार्षिक साधारण सभा आज (चैत्र १३ गते, शुक्रबार) हुदैछ । बैंकको उक्त सभा रजिष्टर्ड कार्यालय, दरबारमार्ग, काठमाडौंमा बिहान १० बजे गर्ने जनाएको छ । सभा भर्चुअल माध्यमबाट गर्ने बैंकले जानकारी दिएको छ ।
सभामा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तपूँजीको ८.८० प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव ४६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।
सभामा कम्पनीको शेयर स्वामित्व परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने, सहायक कम्पनी स्थापना गरी विभिन्न थप सेवा प्रवाह गर्न सक्ने गरी नियमावलीमा संशोधन गर्ने प्रस्ताव रहेको छ ।
बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि चैत्र ३ गतेदेखि बुकक्लोज गरेको छ । त्यसैले, चैत्र २ गते, सोमबारसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
वि.सं.२०७७ चैत १३ शुक्रवार १०:४७ मा प्रकाशित





























