Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

तरकारीमा अध्यधिक विषादी बढेपछि किसानलाई सचेत गराइँदै



१३ चैत्र, चितवन । चितवनमा उत्पादन हुने तरकारीमा अत्यधिक विषादी प्रयोग भएपछि किसानलाई सचेत बनाउन थालिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति काठमाडौँ र भरतपुर महानगर फलफूल तथा तरकारी थोक बजारमा गरिएको परीक्षणमा अत्यधिक विषादी भेटिएपछि किसानलाई सचेत बनाउन थालिएको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आयोजनामा बुधबार र बिहीबार पूर्वी चितवनको राप्ती र भरतपुर महानगरपालिका–२५ का किसानसँग अन्तक्र्रिया गरिएको थियो । चितवनका किसानले उत्पादन गरेको तरकारी काठमाडौँको कालीमाटीमा विषादी परीक्षण गर्दा अत्यधिक विषादीको मात्रा भेटिएपछि जनचेतनामूलक कार्यक्रम गरिएको कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले जानकारी दिए ।

कालीमाटीमा गरिएको परीक्षणमा चितवनबाट पछिल्लो समय अत्यधिक विषादीको मात्रा भएका तरकारी उत्पादन भएको भेटिएको उनले बताए। “जिल्लामा पालिका र कृषि ज्ञान केन्द्रमार्फत पनि कार्यक्रम भइरहेका छन्, हामी पनि यसबारे किसानलाई जानकारी प्रदान गर्न किसानको खेतबारीमा पुगेका छौँ”, उनले भने। कालीमाटीमा बढी तरकारी जाने जिल्लामा चितवन पर्छ । “यहाँबाट उत्पादन भएको तरकारी नष्ट गर्नुपर्दा किसानलाई नोक्सान हुने गरेको छ, नगर्दा उपभोक्ताले विषादी खाने अवस्था छ”, उनले भने। उनले किसानले उत्पादन गरेका वस्तुको बजारीकरणका लागि छुट्टै स्टलको व्यवस्था गरेको जानकारी दिए।

कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले यो सिजनमा उत्पादन हुने तरकारीमा विषादीको प्रयोग डरलाग्दो अवस्थामा रहेको बताए। “सबैले उपभोक्ताको स्वास्थ्यमा ध्यान दिनुपर्छ”, उनले भने, “विषादी हालेर पर्खनुपर्ने समयावधि नपुगी बजारमा लैजाँदा विषादीका अवशेषहरु भेटिने गरेका छन् ।”

भरतपुर–२५ अमृतनगरका युवा कृषक लेखनाथ भुसालले विषादी प्रयोग किसानको बाध्यता भएको बताए। “अधिकांश किसान साक्षर छैनन्”, उनले भने, “सबै कुरामा एग्रोभेटको विश्वास गर्ने परिपाटी छ ।” उनले यो समस्या सामाधन किसानले मात्रै गर्न नसक्ने बताए । उच्चदरमा हुने विषादी बिक्री वितरणमा सरकारले नै रोक लगाउनुपर्ने उनको धारणा छ । “किसान उत्पादक र उपभोक्ता दुवै हो, स्वास्थ्यको चिन्ता किसानलाई पनि हुन्छ तर बाध्यता छ”, उनले भने।

उनले कुन विषादीले स्वास्थ्यमा कति असर गरेको छ भन्ने कुरामा अनभिज्ञ रहेको बताए । राज्यले एउटा योजना बनाएर काम गर्नुपर्ने भन्दै उनले बाली उत्पादन हुन नसक्ने अवस्थामा किसानलाई राज्यले सहयोग गर्नुपर्ने बताए। विनिता एग्रो सेन्टरका सञ्चालक विशाल श्रेष्ठले आफूहरुले किसानलाई प्रयोग गर्ने मात्रा र विधि जानकारी दिएर मात्र विषादी बिक्री गर्ने गरेको बताए।

“कतिपय किसानले आफैँ विषादीको नाम लिएर भाग्छन्”, उनले भने, “वेटिङ पिरियड र विषादी डोजका बारेमा पनि जानकारी दिने गरेका छौँ ।” किसानले कीरा चाँडै मरोस् र धेरै तरकारी फलोस् भनेर पनि जथाभावी विषादी प्रयोग गर्ने गरेको उनले बताए। गाउँगाउँमा अवैधरूपमा विषादी बेच्न हिँड्ने क्रम नरोकिएका कारण पनि यस्तो समस्या आएको उनको भनाइ छ ।

किसान कुलचन्द्र आचार्यले राज्यले कडा खालका विषादी रोक्नुपर्ने बताए। उनले भने “विषादी नहालौँ तरकारी फल्दैन, हालौँ स्वास्थ्यमा असर गर्ने डर छ ।” उनले विषादीबिना कुनै पनि कृषिजन्य उत्पादन हुन छाडेको गुनासो गरे ।

भरतपुर महानगर तरकारी तथा फलफूल बजार व्यवस्थापन समितिका सञ्चालक पुरुषोत्तम गौतमले विषादी परीक्षण गरेर मात्र किसानलाई बिक्री वितरण गर्नु राम्रो हुने बताए। उनले शुरुमा थोरै तरकारी लगेर विषादी परीक्षण गर्न र योग्य भए त्यसपछि मात्र बजारमा लैजान किसानलाई सुझाव दिए।

कृषि ज्ञान केन्द्र चितवनका बाली संरक्षण अधिकृत पूर्णिमा क्षेत्रीले यस आर्थिक वर्ष २०७७/७८ मा भरतपुरको महानगर तरकारी तथा फलफूल थोक बजारमा रहेको प्रयोगशालामा ६३४ नमूना परीक्षण भएको बताए। तीमध्ये ११ परीक्षण क्वारेन्टिनमा रहेको र आठवटा नष्ट गर्नुपरेको जानकारी दिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा