back
CTIZAN AD

बंग्लादेश १५४ रनमा अलआउट, न्यूजिल्याण्डले गर्यो क्लिन स्विप

वि.सं.२०७७ चैत १३ शुक्रवार

582 

shares

१३ चैत, काठमाडौँ । न्यूजिल्याण्ड र बंग्लादेश बिच ओवलमा भएको तेस्रो एकदिवसीयमा न्यूजिल्याण्डले १६४ रनले जित हासिल गरेको छ ।

तेस्रो तथा अन्तिम एकदिवसीयमा टस जितेर पहिले ब्याटिङ्ग गरेको न्यूजिल्याण्ड ५० ओभरमा ६ विकेट गुमाएर ३१८ रन बनाएको थियो । न्यूजिल्याण्डका लागि दुई खेलाडीले सतकीय पारी खेलेका थिए । डेवन कोन्वे ११० बलमा १२६ रनको पारी खेलेर आउट भएका थिए भने डार्ली मिचल ९२ बलमा १०० रन बनाएर नटआउट रहेका थिए । बंग्लादेशका लागि भने बलिङ्गमा भने रुबेल हुसेनले सर्वाधिक ३ विकेट हात पार्न सफल भएका थिइ ।
न्यूजिल्याण्डले दिएको ३१९ रनको विशाल लक्ष्य पछाएको बंग्लादेशको टिमले पुरै ५० ओभर पनि ब्याटिङ्ग गर्न सकेन । बंग्लादेशको टिम ४२.२ ओभरमा १५४ रन बनाएर नटआउट भएको थियो । बंग्लादेशका लागि महमूदुल्लाह ७० रन बनाएर नटआउट रहेका थिए । त्यसैगरी लिटन दास र मुशफिकुर रहीम २१ २१ रन बनाएर आउट भएका थिए । बंग्लादेशका बाँकी खेलाडीले भने दोहोरो अकंमा रन जोड्न सकेनन् । न्यूजिल्याण्डका लागि जिमी निशमले उत्कृष्ट बलिङ्ग गदैँ ५ विकेट लिएका थिए भने म्याट हेनरीले ४ विकेट लिएका थिए ।

जितसँगै न्यूजिल्याण्डले बंग्लादेश विरुद्धको ३ खेलको एकदिवसीय श्रृखलामा क्लिन स्विप गरेको छ ।

वि.सं.२०७७ चैत १३ शुक्रवार ११:३५ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...