१३ चैत्र, धनुषा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत एक ट्रकले ठक्कर दिँदा प्रहरी सहायक निरीक्षक मदनजंग कापरको मृत्यु भएको छ ।
धनुषाको मिथिला नगरपालिका–१० स्थित लालगढमा रहेको मोडल अस्पताल नजिक शुक्रबार बिहान अन्दाजी ३ बजेको समयमा ट्रकले प्रदेश नम्बर २ को मुख्यमन्त्री लालबाबु राउतको पिएसओ समेत रहेका कापर सवार लु ५३ प ८५७५ नम्बरको मोटरर्साइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।
असई कापरको ड्युटी सकेर घर फर्कने क्रममा ट्रकले ठक्कर दिँदा मृत्यु भएको हो ।
वि.सं.२०७७ चैत १३ शुक्रवार ११:३२ मा प्रकाशित





























