१३ चैत्र, दाङ । कोभिड–१९ महामारीलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक स्थानमा भीडभाड तथा सभा सम्मेलन गर्न रोक लगाएको छ।
जिल्ला प्रशासन कार्यालयमा बिहीबार प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले सोही दिनदेखि नै लागु हुने गरी सार्वजनिक स्थानमा भीडभाड नगर्न आग्रह गरेको हो। प्रशासनले सूचना जारी गरी जानकारी दिएको छ।
नेपाल– भारत खुला सीमाना क्षेत्र जिल्ला रहेकाले भारतमा पुनः कोभिड-१९ को संक्रमन फैलेको र मृत्यु दर पनि बढेकाले सावधानी अपनाउन उक्त निर्णय गरेको सहायक प्रजिअ चिरञ्जिवी रानाले बताए।
साथै, प्रशासनले अनिवार्य रुपमा सुरक्षित मापदण्ड अपनाउन आग्रह गरेको छ।
वि.सं.२०७७ चैत १३ शुक्रवार ११:३८ मा प्रकाशित






























