back
CTIZAN AD

१२ प्रेस संगठनहरुको साझा प्रतिबद्धता, प्रेस युनियनको नेतृत्वमा उभिने

वि.सं.२०७७ चैत १४ शनिवार

816 

shares

१४ चैत्र, काठमाडौँ । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा पत्रकारिताको क्षेत्रमा क्रियाशिल १२ संगठनहरुले मिलेर जाने साझा प्रतिबद्धता जनाएका छन् ।

प्रेस चौतारी नेपालसहितका १२ संगठन नेपाल प्रेस युनियनको नेतृत्वमा अगाडि बढ्ने प्रतिबद्धता जनाएको प्रेस चौतारी नेपालका उपाध्यक्ष विश्वमणि सुवेदीले जानकारी गराएका छन् ।

शुक्रबारको बैठकमा वरिष्ठ पत्रकार किशोर श्रेष्ठले प्रेस चौतारीका पूर्वअध्यक्ष शम्भु श्रेष्ठको नेतृत्वमा महासंघको मोर्चामा लागौँ भन्ने प्रस्तावलाई १२ संगठनले सहमति गरेको सुवेदीले बताएका छन् ।

१२ संगठनबीच जारी सम्झौतामा भनिएको छ– ‘नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा प्रतिगामी कदमविरुद्ध रहेका पत्रकारहरुका संगठनबीचमा सहकार्य गरी साझा र समावेशी नेतृत्व चयन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तर खवरदारी गर्न प्रतिवद्ध छौं । ’

सहमतिबारे चौतारी समूहमै फरक मत देखिएपछि स्पष्ट पारेका छन्र । सहमतिबारे आएका गुनासा र टिप्पणीहरुलाई स्प्ष्ट पार्दै उनले भनेका छन् ‘यतिबेला ‘शम्भु, वालकृष्ण, गगन त हुँदै हुँदैन’ भन्ने प्रिय मित्रहरुलाई प्रेस चौतारी भनेर धेरै रुवाबासी नगरिदिनु हुन अनुरोध छ- प्रेस चौतारी भनेको एउटा महान र पवित्र मिशन हो । यता र त्यतापट्टिका थुप्रै साथीहरुले विगतमा अनेकन त्याग, समर्पण र बलिदानबाट बनेको गौरवशाली संस्था हो । यो कुरामा देशभरका साथीहरु स्पष्ट हुनुहोला कि, यतिबेला अस्तित्व रक्षाको लडाइँमा सरकारी प्रेस चौतारी र हामी पनि पुग्यौँ । कारक सरकारी साथीहरु हुन् । हामी अब पत्रकार महासंघमा पनि प्रगतिगमन विरोधी मोर्चा भएर गयौँ । त्यसैले अबको लडाइँ प्रतिगामीले जित्ने कि हामीले जित्ने भन्ने हो ।’
यस्ताे छ साझा प्रतिवद्धता

मिति- २०७७।१२।१३
१. पूर्ण प्रेस स्वतन्त्रताको रक्षा, श्रमजीवि पत्रकारको हक–हित एवं मिडियाको विकास, प्रवद्र्धन तथा नागरिक अधिकार, लोकतन्त्रको पक्षमा नेपाल पत्रकार महासंघको गौरवपूर्ण ऐतिहासिक भूमिकालाई थप सबल र सुदृढ गर्न नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनलाई प्रतिगामी कदमविरुद्ध स्पष्ट सन्देश दिने गरी सम्पूर्ण व्यावसायिक पत्रकारहरुबीच बृहत्तर एकता कायम गरी अगाडि बढ्न नेपाल प्रेस युनियन तपसिलका संगठनबीच आपसी समझदारी एवं एकता गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।
२. नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा प्रतिगामी कदमविरुद्ध रहेका पत्रकारहरुका संगठनबीचमा सहकार्य गरी साझा र समावेशी नेतृत्व चयन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तर खवरदारी गर्न प्रतिवद्ध छौं ।
३. मिडिया काउन्सिल विधेयक, सार्वजनिक सेवा प्रशारण विधेयक, सामाजिक सञ्जाल निर्देशिका (अनलाइन) लगायतका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी, नागरिक अधिकार कुण्ठित गर्ने किसिमका (संघ, प्रदेश र स्थानीय समेत) सरकारले अघि बढाएका विधेयकहरु फिर्ता गराउन थप संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।
४. श्रमजिवि पत्रकारहरुको पेशागत र व्यावसायिक हक हितका पक्षमा निरन्तर खवरदारी गर्न प्रतिवद्ध छौं ।
५. विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण संकटमा परेका साना तथा ठूला मिडिया उद्योगको पुनरुत्थानका कार्य अघि बढाउन प्रतिवद्ध छौं ।
६. सरकारी सञ्चार माध्यमलाई एकलौटी ढंगमा प्रस्तुत गर्न र अन्य राजनीतिक दलका समाचारप्रति दुर्भावना राखी सम्प्रेषण गर्न बाध्य पारी त्यहाँ कार्यरत श्रमजीवि पत्रकारहरुमाथि मनोवैज्ञानिक दबाब दिने हर्कतप्रति आपत्ति जनाउँछौं । साथै, दबाबमा काम गर्न बाध्य पत्रकाहरुले पेशागत मर्यादामा रहेर गर्नुभएका कामप्रति ऐक्यवद्धता व्यक्त गर्दछौं ।
तपसिल
१. नेपाल प्रेस युनियन– बद्री सिग्देल, अध्यक्ष
२. प्रेस संगठन नेपाल– महेश्वर दाहाल, अध्यक्ष
३. प्रेस चौतारी नेपाल– विश्वमणि सुवेदी, उपाध्यक्ष
४. प्रगतिशील पत्रकार संघ नेपाल– उदय जिएम, अध्यक्ष
५. क्रान्तिकारी पत्रकार महासंघ– नारायण पंगेनी, कावा अध्यक्ष
६. जनपत्रकार संगठन नेपाल– शेरबहादुर विक, संयोजक
७. क्रान्तिकारी पत्रकार संगठन नेपाल– बाबुराम भुषाल, महासचिव
८. मिडिया नेपाल – गोपाल पौडेल, अध्यक्ष
९. प्रेस सेन्टर नेपाल– लोकराज जैसी, अध्यक्ष
१०. देशभक्त पत्रकार संघ– तेजेन्द्र प्रसाईं
११. लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाज (सहित विभिन्न ११ संगठन)– दामोदरप्रसाद दवाडी, अध्यक्ष

वि.सं.२०७७ चैत १४ शनिवार १०:२२ मा प्रकाशित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

काठमाडौं । नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

रहिनन् जसमति

रहिनन् जसमति

नेपाली कांग्रेसकी नेतृ जसमति गुुरुङको निधन भएको छ । केहि...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...