back

घरमा नै होली खेल्न प्रशासनको आग्रह

वि.सं.२०७७ चैत १४ शनिवार

108 

shares
NTC AD
Global IME AD

१४ चैत्र, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले यस वर्षको होली पर्व घरभित्रै बसेर परिवारका साथ मनाउन आग्रह गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै छिमेकी देशमा कोरोना सङ्क्रमण बढ्दै गएकाले नेपालमा पनि बढ्न सक्ने भएकाले घरभित्रै बसेर परिवारका साथ होली पर्व मनाउन आग्रह गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीद्वारा जारी सूचनामा भनिएको छ, “जिल्लामा कोभिड–१९ सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै निकट रहेको यस वर्षको फागुपर्व घरमै बसी परिवारका साथ मनाउन अनुरोध गरिन्छ ।” सूचनामा कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सभा, जुलुस, ¥याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठकलगायतका भिडभाड हुने कार्यक्रम नगर्न÷नगराउन हुन, भौतिक दूरी कायम गर्न, मास्क अनिवार्य लगाउन तथा नियमितरुपमा हात धुन र सेनिटाइजर प्रयोग गर्न सबैलाई आग्रह गरिएको छ ।

जिल्लामा अहिले कोरोना सङ्क्रमितको सङ्ख्या ३० रहेको छ । यसमध्ये २५ जना होम आइसोलेशन र पाँच जना अस्पतालमा उपचाररत रहेका छन् । अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ९०७ जना पुगेको र ११० जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । रासस

वि.सं.२०७७ चैत १४ शनिवार १५:०३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन्...

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली...

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास...

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार...

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...