back
CTIZAN AD

घरमा नै होली खेल्न प्रशासनको आग्रह

वि.सं.२०७७ चैत १४ शनिवार

621 

shares

१४ चैत्र, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले यस वर्षको होली पर्व घरभित्रै बसेर परिवारका साथ मनाउन आग्रह गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै छिमेकी देशमा कोरोना सङ्क्रमण बढ्दै गएकाले नेपालमा पनि बढ्न सक्ने भएकाले घरभित्रै बसेर परिवारका साथ होली पर्व मनाउन आग्रह गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीद्वारा जारी सूचनामा भनिएको छ, “जिल्लामा कोभिड–१९ सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै निकट रहेको यस वर्षको फागुपर्व घरमै बसी परिवारका साथ मनाउन अनुरोध गरिन्छ ।” सूचनामा कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सभा, जुलुस, ¥याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठकलगायतका भिडभाड हुने कार्यक्रम नगर्न÷नगराउन हुन, भौतिक दूरी कायम गर्न, मास्क अनिवार्य लगाउन तथा नियमितरुपमा हात धुन र सेनिटाइजर प्रयोग गर्न सबैलाई आग्रह गरिएको छ ।

जिल्लामा अहिले कोरोना सङ्क्रमितको सङ्ख्या ३० रहेको छ । यसमध्ये २५ जना होम आइसोलेशन र पाँच जना अस्पतालमा उपचाररत रहेका छन् । अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ९०७ जना पुगेको र ११० जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । रासस

वि.सं.२०७७ चैत १४ शनिवार १५:०३ मा प्रकाशित

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु २५ अर्बको ऋणपत्रको बोलकबोलको...