back
CTIZAN AD

मौसमका कारण अन्तरराष्ट्रिय विमानस्थलमा दुई दिनदेखि उडान प्रभावित

वि.सं.२०७७ चैत १४ शनिवार

645 

shares

१४ चैत्र, काठमाडौं । प्रतिकूल मौसमका कारण दुई दिनदेखि त्रिभुुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ । मौसम खराबीले भिजिबिलिटी कम हुँदा मुलुकको एक मात्र अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलबाट बिहान प्रस्थानतर्फ केही उडान भए पनि अहिले यान्त्रिक पद्धत्ति (आइएफआर) बाट मात्रै उडान भइरहेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । उनका अनुसार विमानस्थलमा भिजिबिलिटी कम हुँदा अहिले आन्तरिक तथा अन्तरराष्ट्रिय दुवैतर्फ आइएफआर उडान मात्रै भइरहेको छ । यसअघि शुक्रबार बिहान केही सङ्ख्यामा उडान भए पनि मध्याह्नपछि उडान प्रभावित भएको थियो । विमानस्थलले करीब दुई घण्टा प्रभावित भएको उडान साँझदेखि आइएफआर उडान खुलाइएको थियो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकप्टरसहित १९ हवाइसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । अन्तरराष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायकले उडान भर्दै आएकामा अहिले कोभिड–१९ महामारीपछि अहिले १९ वायुसेवा कम्पनीले उडान सञ्चालन गरिरहेका छन् ।

मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । अहिले नेपालको आकाशमा बाक्लो तुवाँलो देखिएको छ । विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले केही दिनदेखि वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै नेपाल तथा भारतका केही स्थानमा लागेको डढेलोको धुवाँले मौसम बिग्रिएको बताए । रासस

वि.सं.२०७७ चैत १४ शनिवार १५:१५ मा प्रकाशित

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

काठमाडौं । चीनका लागि नेपाली पूर्व राजदूतहरूले काठमाडौंमा हालै सम्पन्न...

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले दलाई लामासम्बन्धी...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...

आज राष्ट्रिय सभाको बैठक बस्दै

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । सङ्घीय...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

काभ्रेपलाञ्चोक । बाढीपहिरोले क्षतिग्रस्त पनौती जलविद्युत् केन्द्र सञ्चालन गर्न अझै...