
१४ चैत्र, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै सरकारलाई दिएको समर्थन फिर्ता लिने स्पष्ट पारेका छन् ।
उनले बृहत्त नागरिक आन्दोलनद्वारा आज काठमाडौंस्थित् प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
उनले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थत फिर्ता लिने तयारी गरेको पनि जनाएका छन् । ओली सरकार प्रतिगामी भनेर आफूहले भनिसकेकोले अब पनि सरकारलाई समर्थन दिईनरहने जनाए ।
यद्यपि आफूले अवसको निकासबारे हिजो सडकमा भएका दलहरुबीच न्यूनमत सहमति होस्, सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वासको प्रस्ताव र समर्थन दर्ता फिर्ता सँगसँगै होस भन्ने चाहेको उनले बताए ।