
१४ चैत्र, अमेरिका । अमेरिकाको न्यूजर्सी सहरमा रहँदै आएका व्यवसायी उत्तमकुमार शर्माको निधन भएको छ ।
अमेरिकाबाट पत्रकार प्रदिप थापा परिवारले जनाए अनुसार न्यूजर्सीमा ट्रान्सपोर्टेशन व्यवसाय संचालन गर्दै आएका समाजसेवी ४९ वर्षीय शर्माको १६ तारिखका दिन निधन भएको हो । प्रहरीले आफ्नो ट्रेलर ट्रक पार्क गर्ने स्थानमा शर्मा मृत अवस्थामा भेटेपछि परिवारलाई खबर गरेको थियो ।
मृत्यूको कारणबारे प्रहरी अनुसन्धान जारी रहेको बताइएको छ । शर्माको पार्थिव शरीरको अमेरिकामै भोलि (आइतबार) अन्त्येष्टि गरिने जनाइएको छ ।
नेपालमा चितवनको भरतपुर घर भएका शर्मा विगत ९ वर्ष देखि अमेरिका बस्दै आएका थिए । शर्मा परिवारका एक्ला छोरा हुन् भने तीन दिदीबहिनीहरु छन् । उनको श्रीमती एक छोरी र दुई छोरा रहेका छन् । श्रीमति र छोरी नेपालमा र दुइ छोराहरु अष्ट्रेलियामा अध्ययनरत छन् ।
समाचार स्राेत : https://www.nepalism.com/