back
CTIZAN AD

काठमाडौंमा मेलम्चीको पानी वितरण शुरु, कहाँ कहिले आउँछ ?

वि.सं.२०७७ चैत १५ आइतवार

714 

shares

काठमाडौं । काठमाडौं बासीको दशकौं देखिको मेलम्चीको पानी पिउने प्रतिक्षा पुरा भएको छ । खानेपानी मन्त्रालय, मेलम्ची विकास समिति र आयोजनाको पहलमा आजदेखि पानी वितरणको शुरुवात गरिएको हो । पानी प्रशोधन तथा भण्डारण केन्द्र महांकाल चौरमा आइतवार आयोजित एक विशेष समारोह सँगै पानी वितरण कार्यको शुभारम्भ भएको हो ।

काठमाडौं बासीको धारामा मेलम्चीको पानी एक दिन बिराएर आजदेखि आउने भएको छ । जारी गरिएको तालिका अनुसार आज राति १२ बजेदेखि महांकालचौरमा रहेको ट्यांकीमा पानी भरेर न्युरोड र क्षेत्रपाटी क्षेत्रमा वितरण प्रारम्भ गरिनेछ ।

केयुकेएलका अनुसार सोमबार विहान ९ बजेदेखि दिउसो ३ बजेसम्म मालीगाउँ, बिसालनगर, कालोपुल, सिफल र कुटुबहाल क्षेत्रमा वितरण गरिनेछ । सोमबार दिउसो १२ बजेदेखि चाबहिल, देबकोटा सडक, बत्तीसपुतली र जय बागेश्वरी क्षेत्रमा पानी वितरण गरिनेछ ।

सोमबार साँझ ८ बजेबाट मैतीदेवी, मैतीदेवी, घट्टेकुलो र डिल्लीबजारका बासिन्दाले मेलम्चीको पानी पाउनेछन् । सोमबार राति २ बजेदेखि मंगलबार ८ बजेसम्म इनबहाल, ज्याठा, भोटाहीटी, कमलाक्षी र नक्साल क्षेत्रमा महाँकालको ट्यांकीबाट पानी वितरण गरिने केयुकेएलले जनाएको छ । त्यसपछि सोहि ट्यांकी भरेर मंगलबार १० बजेबाट दिउसो ४ बजेसम्म बानेश्वर, सिनामंगल, मिलनचोक र संगमचोकमा मेलम्चीको पानी वितरण गरिनेछ । सोहि समयमा नै बागेश्वरी, मित्र पार्क, चावहिल, रातोपुल, कालीमाटी क्षेत्रमा पानी वितरण गरिनेछ ।

मंगलबार अपरान्ह ५ बजेदेखि चारखाल, डिल्लीबजार, बागबजार, कमलादी र त्रिपुरेश्वर क्षेत्रबासीले मेलम्चीको पानी पाउने केयुकेएलले उल्लेख गरेको छ । पानी वितरण प्रारम्भ भएपछि १ दिन विराएर पुनः वितरण गर्ने गरि केयुकेएलले तालिका बनाएको छ ।

फोटो स्रोत : गोपाल सिहं धामी

वि.सं.२०७७ चैत १५ आइतवार १५:४९ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...