
१५ चैत्र, काठमाडौँ । नेपाल पब्लिक क्याम्पस संघ बागमतीको संयोजकमा सागरमणि तिवारी निर्वाचित भएका छन् ।चैत्र १४ गते शनिबार भएको बागमती प्रदेश स्तरीय भेलाले उनलाई संयोजकमा निर्वाचित गरेको हो ।
सो संघका अनुसार संघको बागमती संयोजकमा सागरमणि तिवारी, सहसंयोजकमा शैलेन्द्र कुइँकेल, सचिव चन्द्रप्रसाद पन्त, सहसचिव विष्णुप्रसाद कोइराला, कोषाध्यक्ष दीपक शर्मा र सदस्यहरु सञ्जयकुमार खढ्का, राजिव धिताल, उर्मिला उप्रेती, राजन लामिछाने, विपिन सालिम घिमिरे, नवराज शर्मा, कृष्ण आचार्य, हरिहर अधिकारी र महेश प्रसाद सिलवाल निर्वाचित भएका छन् ।
पर्वत जिल्लाको सरौंखोलामा जन्मेर तीन दशक यतादेखी काभ्रेलाई कर्मथलो बनाएका संयोजक तिवारीले धुलिखेल क्याम्पसकाे नेतृत्व सम्हाल्दै आएका छन् । पब्लिक क्याम्पसहरुको महत्व र प्रभावकारीता सार्थक बनाएर मात्र शिक्षा क्षेत्रमा रुपान्तरण हुने विश्वास उनले व्यक्त गरेका छन् ।