back
CTIZAN AD

कमरेड ओली ! यो त अति भो – पूर्वराजदूत कार्की

वि.सं.२०७७ चैत १७ मंगलवार

726 

shares

 अहिले माधव नेपाल र भिम रावललाई निलम्वन गर्ने जस्तो जुन काम गर्नु भ’को छ शक्तिको भोर जुवामा उस्तो अर्थ न राख्ला तर विवेक र राजनीतिक सुझबुझको दुनियाँमा त्यसको अर्थ जायज मानिदैन |

नेपाली कम्युनिष्ट आन्दोलनका एक प्रभावशाली नेता तथा चीनका लागि पूर्वराजदूत टंक कार्कीले  नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलिको हर्कत प्रति कटाक्ष गरेका छन् ।

अध्यक्ष ओलिले सोमबार वरिष्ठ नेता माधवकुमार नेपाल तथा उपाध्यक्ष डा भिम रावलमाथि गरिएको निलम्बनप्रति कटाक्ष गर्दै सामाजिक सञ्जालमा उनले ओलिको हर्कतले सिमा नाघेको भावमा भनेका छन् ‘कमरेड ओली ! यो त अति भो ।’

अध्यक्ष ओलिको हर्कत आत्मघाती भएको भन्दै सोमबारको निर्णय सच्याउन आग्रह गर्दै भनेका छन्, ‘२०७५ साल जेठ २ गते अघिको अवस्थाको संगठनात्मक दायरामा रहेर पार्टीलाई एकताबद्ध गर्नु पर्छ भन्ने साथीहरु माथि जुन बन्चरो चलाउदै हुनुहुन्छ यो आत्मघाती छ रोक्नोस र सच्याउनोस ।’

सामाजिक सञ्जालमा नेता कार्कीले लेखको छन् :

“कमरेड ओली ! यो त अति भो ! अँ, हिजो तपाईलाई अध्यक्ष र प्रधानमन्त्री दुवैबाट हटाउने हर्कत जुन गलत थियो त्यसलाई तपाईका आलोचक रहेका राजनीतिक साथीहरुले नै रोकेका होइनन् ?! अहिले माधव नेपाल र भिम रावललाई निलम्वन गर्ने जस्तो जुन काम गर्नु भ’को छ शक्तिको भोर जुवामा उस्तो अर्थ न राख्ला तर विवेक र राजनीतिक सुझबुझको दुनियाँमा त्यसको अर्थ जायज मानिदैन | उत्ताउलो, हाँगामा बसेर फेद काट्ने कालिदासको तरिका | कसलाई खुँदो पल्टेको होला ?! जो एमालेको एकता र संगठित प्रयासमा आफ्ना निहित निसाना साँध्नमा तगारा देख्छन् | त्यस्ताको उलामालामा लागेर यत्रो आन्दोलनको भविष्य जोखिममा पुर्याउने कार्यको निम्ति तपाईलाई इतिहासले सधैंभरि कोपरी रहने छ | २०७५ साल जेठ २ गते अघिको अवस्थाको संगठनात्मक दायरामा रहेर पार्टीलाई एकताबद्ध गर्नु पर्छ भन्ने साथीहरु माथि जुन बन्चरो चलाउदै हुनुहुन्छ यो आत्मघाती छ रोक्नोस र सच्याउनोस |
ओलिजीका राजनीतिक साथीहरु पनि सोच्नोस र वहाँलाई रोक्न लगाउनोस | विभाजित जहाजबाट गन्तव्यमा पुगीदैन |”

वि.सं.२०७७ चैत १७ मंगलवार १४:३६ मा प्रकाशित