Logo
१ भाद्र २०७९, बुधबार
     Wed Aug 17 2022
E-paper
  English Edition
   Unicode
Logo

मुहम्मदको निधनले १३० जना विधुवा



नाइजेरिया । नाइजेरियाली नागरिक मुहम्मद बेलो अबुबकरको ९३ वर्षको उमेरमा शनिबार निधन भएको छ । कुनै बेला उनी मुस्लिम धर्मगुरु मौलवी समेत रहेका थिए ।
उनले १३० जना महिलासँग विवाह गरेका थिए । आफूलाई विवाह गर्नका निम्ति अल्लाहले धर्तीमा पठाएको भनेर उनले बताउँदै आएका थिए । आइतबार उनको मृत्यु भएपछि हजारौं मानिस उपस्थित भएका थिए ।
बेलोका निजी सहायक सलावुद्दिन बेलोले न्युज एजेन्सी अफ नाइजेरियालाई बेलो केही समयदेखि विरामी भएको जानकारी दिएका छन् । विरामी भए पनि उनको मृत्यु भने घरमै भएको थियो । अबुबकरले कुरानको आफ्नै ढंगले व्याख्या गरेका थिए । कुरानले आफूले चाहे जति विवाह गर्ने अनुमति दिएको उनको भनाइ थियो ।
दुःख विना जति श्रीमती पाल्न सकिन्छ त्यति विवाह गर्ने आफ्नो हक भएको उनको भनाइ थियो । सलावुद्दिनले भने, ‘अन्तिम समयमा उहाँले मेरो अन्तिम समय उनका आखिरी समय आइपुगेजस्तो छ । अल्लाहले मलाई जुन पुण्यकार्यका लागि धर्तीमा पठाउनुभएको थियो, त्यो काम पूरा भएको छ । अब खुदासँग मिल्न जाँदै छु ।’
सन् २००८ मा त्यहाँका मुस्लिम धर्मगुरुहरुले बेलोको निकै आलोचना गरेका थिए । कैयौं मौलवीले उनलाई ४८ घण्टाभित्र जीवित ८६ श्रीमतीमध्ये ८४ जनालाई तलाक दिनुपर्ने आदेश दिएका थिए । त्यसको जवाफमा उनले विवाह गर्नु आफ्नो पवित्र लक्ष्य भएको बताउँदै आएका थिए । यसअघि नै बेलोका २०३ जना सन्तान छन् ।एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खोटाङ । जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष टंकबहादुर थापासहित १३ जना नेकपा माओवादी केन्द्र

काठमाडौं । नबिल बैंकले नेपालमा पहिलोपटक आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा शुभारम्भ गरेको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको