मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । सम्भावना देखिए पनि चिताएको उपलब्धि प्राप्त नहुन सक्छ । सामान्य कामका लागि पनि दौडधुप गर्नुपर्ला । तापनि समस्या दर्साउँदा सहयोगीहरूको साथ प्राप्त हुनेछ । काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ हुनेछ । नचिताएको क्षेत्रबाट फाइदा हुनेछ ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा बाधा पुग्नेछ । तापनि प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् । मिहिनेतले फाइदा उठाउन सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । उपहारले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ । रमाइलो यात्रा हुन सक्छ । परिवारजनको साथले आत्मबल प्राप्त हुनेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । अरूकै लागि बुद्धि र श्रम खर्चनुपर्ला । हल्लाको पछि लाग्दा दुःख पाइनेछ । बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ । खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । सहपाठीहरूको नेतृत्व गर्न पाइनेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ । अरूको सुझावमा भर नपर्नुहोला । समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ । त्यसैले महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला । आसलाग्दो काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ । हल्लाको पछि लाग्दा दुःख पाइनेछ । गोपनीयता बाहिरिनाले पनि काममा समस्या आइपर्ला । स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ । परिस्थितिवश आँटेको काममा बाधा हुन सक्छ । आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । अरूकै लागि बुद्धि र श्रम खर्चनुपर्ला । समय नदिँदा योजना अधुरै रहनेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ । अध्ययनमा त्यति समय दिन नसकिएला । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । तर, विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
समयमा सजग नहुँदा महत्वाकांक्षी योजना बिग्रन सक्छ । व्यवहारमा केही चुनौती देखा पर्नेछन् भने केही अप्ठ्यारो परिस्थिति पनि सामना गर्नुपर्ला । आफ्नो क्षेत्रमा अरूले अधिकार जमाउन सक्छन् । भेटघाटमा अलमलिनाले चिताएका काममा बाधा उत्पन्न होला । तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला । फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ला । बलजफ्ती व्यवहारले व्यर्थैमा समस्या निम्त्याउन सक्छ । आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ । खर्च लागे पनि लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । तर आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन् ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मिहिनेतले आम्दानी बढाउनेछ । आयस्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा मनग्य लाभ हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा राम्रै प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने समय छ । सञ्चित धनको उपयोगबाट विशेष फाइदा हुनेछ । श्रमको उचित मूल्यांकन होला । दिन उत्साहवर्द्धक रहनेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
बाध्यतामा अलमलिनुपर्दा चिताएको काममा बाधा आउला । आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगी पछि हट्न सक्छन् । परिस्थिति त्यति अनुकूल नरहला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ । जीवनशैली व्यस्त रहनेछ तर उपलब्धिविहीन काममा समय बित्न सक्छ । गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । तर नयाँ काम गर्न समय पर्खनुहोला ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन् । बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । मिहिनेतले दिगो काम प्रारम्भ हुन सक्छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । हिम्मतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ ।
२०७७ चैत २० गते, शुक्रवार, (२ अप्रिल,२०२१)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
आज विहीबार, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात !
वि.सं.२०७७ चैत २० शुक्रवार ०७:३० मा प्रकाशित





























