२० चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भुकुटी मण्डपमा मेलाम्चीको पानी वितरणको उद्घाटन गरेकी छन् ।
शुक्रबार भृकुटी मण्डपमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मेलाम्चीको पानी ढुंगेधाराबाट खसालेर उद्घाटन गरेकी हुन् ।
उक्त पानी सर्वसाधारणको उपभोगका लागि २४ सै घण्टा वितरण हुने गरी धारा बनाइएको छ ।
लामो समयदेखि प्रतिक्षित मेलाम्ची खानेपानी परीक्षणका लागि हाल उपत्यकाका झण्डै १५ हजार उपभोत्ताको आँगनमा खसालिएको पनि मेलाम्ची खानेपानी आयोजना विकास समितिका प्रमुख तिरेशप्रसाद खत्रीले बताएका छन् ।
वि.सं.२०७७ चैत २० शुक्रवार १५:१५ मा प्रकाशित






























