२४ चैत, काठमाडौँ । भारतीय क्रिकेट टिमका पुर्वखेलाडी तथा क्रिकेट कमेन्टटेटर आकाश चोपडाले २०२१ को आईपिएलका अघि दिल्ली क्यापिटल्सको सम्भावित प्लेइङ्ग इलेवन बनाएका छन । २०२१ को आईपिएलका लागि उनले यूट्यूब भोडियो पोस्ट गर्दै बेङ्गलोरको सम्भावित प्लेइङ्ग चुनेका हुन ।
आकाश चोपडाको प्लेइङ्ग-११
शिखर घवन, पृथ्वी शह, अजिंक्य राहणे, रिषभ पंत कप्तान, शिमरोन हेटमायर, माकर्श स्टोइनिस, रविचन्द्र अश्विन, अमित मिश्रा, कागिसो रबाडा, एनरिज नोत्र्जे, उमेश यादव/इंशात शर्मा ।
दिल्ली क्यापिटल्सले आफ्नो पहिलो खेल महेन्द्र सिंह धोनीको कप्तानीमा रहेका चेन्नाई सुपर किंग्स विरुद्ध अप्रिल १० मा खेल्ने । दिल्लीले आफ्नो ५ खेल कोलकत्ता, ४ खेल अहमदमवाद, ३ खेल मुम्बई र २ खेल चेन्नाईमा रहेको मैदानमा खेल्ने छ ।
दिल्लीको टिमलाई आईपिएल अघि दुई ठूलो झट्का लागिसकेको छ । टिमका कप्तान श्रेयर अय्यर चोटको कारणले गर्दा आईपिएलबाटै बाहिरि सकेका छन । यस सिजनको आईपिएलको लागि दिल्लीले युवा विकेट कपिर ब्याट्सम्यान रिषभ पंतलाई नयाँ कप्तानका रुपमा नियुक्त गरेको छ । त्यसैगरी केही दिन अघि अलराउण्डर खेलाडी अक्सर पटेल कोरोना भाइरसबाट संक्रमित भएका थिए । उनले चेन्नाई विरुद्धको पहिलो खेल गुमाउने सम्भावना पनि निकै उच्च रहेको छ ।
वि.सं.२०७७ चैत २४ मंगलवार ०९:४६ मा प्रकाशित

























