
२४ चैत्र, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको ऋणपत्र चैत २३ गते बाँडफाँट भएको छ । कम्पनीले १० वर्ष अवधिको ‘८.५० प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ निष्कासन गरेको हो ।
तीन अर्ब मध्ये एक अर्ब ८० करोड रुपैयाँ व्यक्तिगत तवरबाट बिक्री गरेको छ भने एक अर्ब २० करोड रुपैयाँ सर्वसाधारणका लागि बिक्री गरेको हो ।
बैंकले चैत १ गतेदेखि १६ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको थियो । धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सेञ्चुरी क्यापिटल मार्केट्सले जनाएको छ ।