back
CTIZAN AD

गिरानचौरमा अर्को एकीकृत बस्तीको शिलान्यास

वि.सं.२०७३ माघ २० बिहीवार

897 

shares

giranchour-namuna-basti

आदित्य दाहाल, २० माघ, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–८ गिरानचौरमा सामुदायिक स्थायी एकीकृत नमुना बस्ती निर्माण हुने भएको छ ।

बुधबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख डा गोविन्दराज पोखरेलले बस्ती निर्माणका लागि शिलान्यास गर्नुभएको होे । गिरानचौरमा अब बन्न लागेको एकसय ५० वटा भूकम्प प्रतिरोधात्मक भवन धुर्मुस–सुन्तलीले यसअघि यही स्थानमा निर्माण गरेपछिको देशकै ठूलो बस्ती विस्तार योजना हो ।

शिलान्यासका क्रममा गिरानचौर पुगेका पोखरेलले अबको भावी पुस्ताले भूकम्पपश्चात् बन्ने एकीकृत बस्ती विस्तार योजनाले देशको नै चिनारी राख्ने बताउनुभएको छ । एकीकृत नमुना बस्ती विस्तारको पथप्रदर्शक कलाकार धुर्मुस र सुन्तलीले जस्तै यो सामुदायिक एकीकृत बस्ती पनि उदाहरणीय हुने पोखरेलले बताउनुभयो । पुनर्निर्माणको कार्यमा गिरानचौरमा निर्माण हुन लागेको बस्ती देशका लागि सन्देशमूलक कार्य भएकाले सबै स्थानीय मिलेर पुनर्निर्माणमा अगाडि बढ््न र एकसाथ जुट्न उहाँले प्रेरित गर्नुभयो ।

प्रमुख पोखरेलले विकासका पूर्वाधारलाई प्रयोग गरी सबै मिलेर आवास निर्माणमा लागे पुनर्निर्माण सम्भव रहेको भन्दै स्थानीयवासी मिलेर निर्माणमा अग्रसर भए सरकारले सक्दोे सहयोग गर्ने पोखरेलले प्रतिबद्धता जाहेर गर्नुभयो ।

कार्यक्रममा उहाँले पुनर्निर्माणका लागि एकीकृत बस्ती मुख्य रहेको र निर्माण कार्यलाई अगाडि बढाउन दोस्रो किस्ता निर्णय गरेर सोमबार नै जिविसमा पठाइसकेको र प्रक्रिया मिलाएर तत्काल वितरण सुरु गरिनेसमेत उहाँले प्रस्ट पार्नुभयो ।

हेलम्बु राजमार्ग अन्तर्गतको सिन्धुखोलाबाट चार किलोमिटर माथि रहेको गिरानचौरमा विभिन्न जातजातिका मिश्रितवासी रहँदै आएका छन् । भौगोलिक हिसाबले पनि असहज ग्रामीण भूभागमा पनि बस्ती निर्माण गर्न स्थानीयवासी अग्रसर हुनु देशकै लागि उदाहरणीय रहेको स्थानीय समाजसेवी तथा बस्ती विस्तार योजनाको प्रमुख गणेश तिवारीले बताउनुभयोे ।

तामाङ, तिवारी र भट्टराई गरी एकसय ५० परिवारको सक्रियतामा अनुदानको भरमा घर बनाउन थालिएको तिवारीको भनाइ छ । ‘आफ्नो घर आफैँ बनाऔँ, विश्वसामु चिनाऔँ’ भन्ने नाराका साथ गिरानचौरका भूकम्पपीडितले आफ्नो घर बनाउन आफैँ लागिपरेका र यसले मेलम्ची नगरपालिका मात्र नभएर सिङ्गो नेपालकै लागि चिनारी बनेको मेलम्ची नगरपालिकाका कार्यकारी प्रमुख पूर्णप्रसाद दुलालले बताउनुभयो ।

गिरानचौरमा मात्रै धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा बनेको नमुना बस्तीबाहेक एकसय पाँच तामाङ परिवार अझै पनि भत्केकै घर तथा टहरामा रात कटाउन बाध्य छन् ।

सहरी डिभिजन कार्यालयको तथ्याङ्कअनुसार ७८ हजार पाँचसय ३७ लाभग्राही सङ्ख्यामध्ये ७४ हजार नौसय १२ लाई पहिलो किस्ता बाँडेर सकिएको छ । छुटेको भनेर गुनासो गर्ने मात्र १४ हजार चारसय ४७ रहेका छन् । दोस्रो किस्ताका लागि पाँचसय ४७ ले माग गरेका छन्, जसमा ४७ घरको मात्र प्रमाणित भएर आएको छ ।

वि.सं.२०७३ माघ २० बिहीवार ०४:०१ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...