back
CTIZAN AD

कस्ता व्यक्तिले लाइसेन्स प्राप्त गर्न सक्दैनन् ?

वि.सं.२०७७ चैत २५ बुधवार

1.3K 

shares

२५ चैत्र, काठमाडाैं। सवारी चालक अनुमति पत्र (लाइसन्स) प्राप्त गर्नका लागि यातायात व्यवस्थापन कार्यालयले व्यक्तिको तोकिएको योग्यता हुनै पर्ने जनाएको छ ।

यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०७४ को सवारी चालक अनुमतिपत्र वितरणसम्बन्धी कार्यविधिमा सवारी चालक अनुमति प्राप्त गर्न दरखास्त दिन अयोग्यता मानिने १४ बुँदा उल्लेख गरिएको छ ।  तोकिएको योग्यता नपुग्ने व्यक्तिहरुले लाइसन्स लिन अयोग्यता ठहरिने कार्यविधिमा उल्लेख छ ।

यी हुन् सवारी चालक अनुमति प्राप्त गर्न दरखास्त दिन व्यक्तिको अयोग्यता :
१) मझौला तथा ठूला सवारी साधनका निम्ति २१ वर्ष नपुगेको व्यक्ति,
२) साना सवारीका निम्ति १८ वर्ष नपुगेको व्यक्ति,
३) मोटरसाइकल तथा त्यस्तै अन्य सानो २ पाङ्ग्रे सवारीका हकमा १६ वर्ष उमेर नपुगेको व्यक्ति,
४) छारे रोग भएको वा बौलाएको वा एकाएक रिंगटा लाग्ने वा मुर्छा हुने किसिमको रोग भएको व्यक्ति,
५) देख्ने शक्ति कमजोर भई चस्मा प्रयोग गर्दा पनि सामान्य तबरले देख्ने शक्ति ठीक नभएको व्यक्ति,
६) साधारण ध्वनी संकेत, आवाज सुन्न नसक्ने गरी बहिरो भएको व्यक्ति,
७) रातो, हरियो, पहेंलो इत्यादि रंगहरु तुरुन्त छुट्याउन नसक्ने दृष्टिदोष भएको व्यक्ति,
८) रतन्धो भएको व्यक्ति,
९) दुवै आँखा नभएको व्यक्ति,
१०) हातखुट्टा शक्तिहीन भई काम गर्न दिन नसक्ने भएको व्यक्ति,
११) साधारण लेखपढ गर्न नजान्ने व्यक्ति,
१२) अपाङ्गका निमित्त खास किसिमले बनेको सवारीका निमित्त यो खण्डको बन्देज लागू हुने छैन ।
१३) ठूलो र मझौला सार्वजनिक सवारीको लागि ६० वर्ष उमेर पुरा भएको कुनै पनि व्यक्ति,
१४) सानो सवारी चलाएको २ वर्ष पूरा नभएसम्म मझौला र ठूलो सवारी चलाउन चालक अनुमति पत्र दिइने छैन । निर्माण सामग्रीहरुका हकमा नेपाल सरकारले तोके बमोजिम हुनेछ ।

वि.सं.२०७७ चैत २५ बुधवार ०९:३२ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...