back
CTIZAN AD

पत्रकार महासंघ युरोप शाखाद्धारा नयाँ कार्यसमितिलाई प्रमाणपत्र प्रदान

वि.सं.२०७७ चैत २५ बुधवार

813 

shares

२५ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघ युरोप साखाले नयाँ कार्यसमितिलाई शुभकामना सहित प्रमाणपत्र प्रदान गरेको छ ।

५ अप्रिल २०२१ भर्चुअलमाध्यमबाट सम्पन्न कार्यक्रममा नयाँ कार्यसमितिलाई बधाई र शुभकामना दिदै केन्द्रीय उपाध्यक्ष दिलिप थापामगरले युरोपमा बसेर पत्रकारितामा लगनसिल भएर काम गर्दै आएको कुरा नजिकबाट नियाल्दै आएको भन्दै युरोपभरी नेपाली पत्रकारितालाई उचाइमा पुर्याउन शाखा सफल भएकोमा खुशी ब्यक्त गरे । साथै उनले अबको नयाँ कार्यसमितिले महासंघलाई थप उचाइमा पुर्याएर त्यसको गरिमा बढाउने छ भन्ने आफुले विश्वास लिएको बताए ।

उपाध्यक्ष  मगरले केन्द्रका तर्फबाट शाखालई सल्लाह, सहयोग गर्नेमा कुनै दुबिद्यामा नरहन र कुनै बिचलनमा नपरी आफ्नो कार्य अघी बढाउन सुझाब दिदै शाखालाई आवश्यक सहयोग गर्ने प्रतिबद्वता सहित शुभकामना मन्तब्य राखेका थिए ।

उपाध्यक्ष मगरले कोभिड १९ को असहज परिस्थितिमा पनि साखाले बिभिन्न कार्यक्रम गर्दै आएको स्मरण गर्दै साखाप्रति खुशी व्यक्त गरेका थिए । उनले नवनिर्वाचित यहि कार्यसमिती नै बैध रहेको जानकारी गराउदै नयाँ जोश जागर र उत्साहका साथ अगाडि बढ्न आग्रह गरेका थिए ।

पत्रकार महासंघ युरोप शाखाको नयाँ कार्यसमितिलाई निर्वाचन समितिबाट प्रमाणपत्र प्रदान र केन्द्र बधाई

कार्यक्रममा केन्द्रीय प्रतिनिधि चिरन शर्मा र अधिवेशन पर्यवक्षक साथै बेलायत शाखाका अध्यक्ष नरेश खपाङ्गी मगर तथा निर्वाचन संयोजक राजेश चाम्लिङ्ग राईले कार्यकाल पूर्ण सफलताको शुभकामना सहित प्रमाणपत्र बितरण गरेका थिए ।

मन्तब्यको क्रममा नवनिर्वाचित अध्य्क्ष प्रेम परियारले नेपाल पत्रकार महासंघ युरोप साखाका अग्रज पत्रकार र सन्थापकहरुको सम्मान गर्दै आगामी दिनमा पारदर्शी रुपमा शाखाका गतिबिधिहरु अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष परियारले साखाको बिभिन्न कार्यक्रममा अग्रजहरुको भूमिका र योगदानको कदर गर्दै त्यसतर्फ हामि सबैको ध्यान जान आबश्यक रहेको बताउँदै सबैलाई समेटेर अगाडि बढ्ने प्रतिबद्वता समेत गरेका थिए । साथै कार्यसमितिका सबै पदाधिकारीलाई निष्ठापूर्वक आफ्नो भूमिका निर्वाह गर्न आग्रह समेत गरेका थिए ।
निवर्तमान अध्यक्ष केजिन राईको संचालन रहेको कार्यक्रममा युरोपभरिका ३५ जना पत्रकारहरुको उपस्थिती रहेको थियो ।

स्मरण रहोस् यहि २०२१ मार्च २६ का दिन पत्रकार महासंघ केन्द्रीय उपाध्यक्ष दिलिप थापामगर,केन्द्रिय प्रतिनिधि चिरन शर्मा सहित निर्वाचन पर्यवक्षक नरेश खपाङी मगर, निर्वाचन संयोजक राजेश चाम्लिङ, सदस्य सचिब डा उदयदेव आचार्य, सदस्य किशोर लिम्बु सहितको सहभगितामा नयाँ कार्यसमितिको चयन भएको थियो ।

पत्रकार महासंघ युरोप शाखाको संरक्षकमा पुष्प बरुवाल, पञ्चम अधिकारी र राजकुमार दिक्पाल चयन गरेको थियो । शाखाको अध्यक्ष प्रेम परियारको नेतृत्वमा नया कार्य समितिको चयन भएको थियो ।

वि.सं.२०७७ चैत २५ बुधवार ०९:०३ मा प्रकाशित

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...