back
CTIZAN AD

जनपीडक नेपाली राजदूताबासहरू

वि.सं.२०७७ चैत २५ बुधवार

1.2K 

shares

बिदेशी दूताबासमा बिदेशी स्केलमा तलब भत्ता सुबिधा लिने तर काम भने सिन्को नभाच्ने , उल्टै नेपालीलाई नै सताउने, हेप्नेहरूलाई कसरी नत्थी लगाउनरु गंभीर बिषय बनिसकेको छ ।

विदेशमा विश्वभरि रहेका नेपालीहरूलाई कोरोना लगायत विविध समस्या र आतंक सिर्जना गरेको छ। विदेशस्थित नेपाली राजदूताबासहरूलाई त्यहॉका नेपालीको कुनै चिन्ता छैन, फोन उठ्दैन, खोजखबर र तिनलाई सपोर्ट र सान्त्वना दिईदैन। खाडीबाट औषत दैनिक ५ नेपालीको लास काठमाण्डौँ आउने गर्छ।

नेपालस्थित सरकारी कार्यालयहरूले जनतालाई दुःख दिए कमसे कम यहॉका सोसल र अन्य मिडियाहरू चिच्याउछन्। त्यसको यदाकदा केही हदसम्म सुनुवाई पनि हुने गरेको पाईन्छ । तर नेपालका बिदेशस्थित राजदूताबासहरूको दादागिरी, मनपरी, गैरजिम्मेवार व्यवहार, हाकिमगिरीका र अपहेलनाका कारण त्यहॉका नेपालीहरूले पाएको दुःख, कष्ठ, बेईज्जति वा हेपाईको दुःखबारे बोलिदिने कोही देखिन्नन्। राजदूताबासका ठालू राजदूत र जनपीडक सोचका कर्मचारीहरूबाट हेपिएका, प्रताडितहरू मनमनै नेपाली भएर यो धर्तिमा जन्मनु परेकोमा आफूलाई धिक्कारिरहन्छन्, कोसिरहन्छन्, सके त्यतै विदेशी मुलुकको नागरिकता लिएर दोश्रो दर्जाको नागरिक भएर पनि बस्न पाए हुन्थ्यो भन्छन्, पाउनेले उतै बस्न बाध्य हुन्छन् ।

बिदेशी दूताबासमा बिदेशी स्केलमा तलब भत्ता सुबिधा लिने तर काम भने सिन्को नभाच्ने , उल्टै नेपालीलाई नै सताउने, हेप्नेहरूलाई कसरी नत्थी लगाउन ? गंभीर बिषय बनिसकेको छ । बिदेशमा बसोबास गर्ने नेपालीहरू किन यति साह्रो नेपाल, नेपाली नेताहरूप्रति विद्वेष, शत्रुवत, आलोचनात्मक मात्र व्यवहार गर्छन् ? यसको पछाडिको मूल कारण ती राजदूवासहरूको त्यहॉका नेपालीप्रतिको यस्तै दुर्व्यवहार र रवैया नै हुन् ।

दलहरूले लेभी उठाउने कामका लागि आफ्नै कार्यकर्ताहरू वा म्यानपावर माफिया, प्रिपेड पोष्टपेडमा बेचेको ब्यक्तिहरूलाई पठाएर विदेशमा रहेका नेपालीहरूलाई समेत भॉड्न राखिएका त हुन् ती राजदूताबासहरू भन्नेमा अहिले सबै मतैक्य छन्।

नेपालका बिदेशस्थित राजदूताबासहरू राजनीतिक कार्यकर्तालाई रोजगारी दिन कि मुलुकको समृ्द्धि र बिकासका लागि हुन्रु तिनको मुल्यांकन गरेर काम नहुने, गर्न नसक्ने वा औचित्य नभएकाहरूलाई खारेज गर्दै गरिब मुलुकको खर्च कटौती तिर कहिले लाग्ने ? कतिपय मुलुकले अबैतनिक राजदूत नियुक्त गरी वा एकजना मात्र व्यक्तिलाई राजदूताबास संचालन गर्न ती मुलुकमा एउटा कोठा भाडामा लिई राजदूत नियुक्त सबै काम उ स्वयंले नै गर्ने गरी खर्च कटौति गरिरहेका छन् ।

नेपालस्थित अधिकॉश युरोपका राजदूताबासहरू भिसा पनि यहॉ काठमॉडौबाट हैन दिल्लीबाट दिने गरेका छन् भने नेपालले ती देशहरूमा किन राजदूताबासहरू राखिरहने ? राजदूतबाहेक अरू कुनै पद नराख्ने र एउटामात्र कोठामा कार्यालय राख्ने नीति बनाउनु पर्छ। राजदूत हुनेले सबै काम आफै गर्न सक्नुपर्छ, काम न सामको नेताहरूलाई फोकटमा विदेश घुमाउने कामका लागि मात्र हाकिम बन्न पठाउन किन चाहियो राजदूताबासहरू ? कुनै अर्थ छैन ।

वि.सं.२०७७ चैत २५ बुधवार ०८:४१ मा प्रकाशित

साना सहर विकासका अवसर र चुनौतीः सन्दर्भ खुर्कोट

साना सहर विकासका अवसर र चुनौतीः सन्दर्भ खुर्कोट

१. पृष्ठभूमि नेपालको सन्दर्भमा ‘साना सहर विकास योजना’ भन्नाले गाउँ...

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

काठमाडौँ । विश्व आज अभूतपूर्व प्रविधिगत परिवर्तनको युगबाट गुज्रिरहेको छ...

आ.ब. २०८३/२०८४ को सार्वजनिक बजेटको अवसर र चुनौतीहरु

आ.ब. २०८३/२०८४ को सार्वजनिक बजेटको अवसर र चुनौतीहरु

१. अवधारणा अर्थराजनीतिक दृष्टिकोणबाट देशको वार्षिक बजेट भनेको केवल आय–व्ययको...

नेपाली अर्थतन्त्रको विरोधाभाष

नेपाली अर्थतन्त्रको विरोधाभाष

१.अवधारणा नेपाली अर्थतन्त्रको विरोधाभाष ९क्ष्चयलथ०वा विडम्बना भनेको स्रोत, साधन र...

स्मृतिदेखि सामाजिक अभियानसम्म : शहीद कुसुम स्मृति प्रतिष्ठान

स्मृतिदेखि सामाजिक अभियानसम्म : शहीद कुसुम स्मृति प्रतिष्ठान

हरियाली डाँडाकाँडा, वनजंगल, खोलानाला र ग्रामिण दृश्यले भरिपूर्ण पहाडी क्षेत्र...

बिर्सँदै गएको इतिहास, जोगाउनुपर्ने गणतन्त्र

बिर्सँदै गएको इतिहास, जोगाउनुपर्ने गणतन्त्र

हरेक वर्ष ज्येष्ठ १५ गतेको सुनौलो बिहानीसँगै नेपाली जनताको स्मृतिमा...