
२५ चैत्र, काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले एघारौँ साधारण सभा बोलाएको छ ।फाइनान्सले बैशाख २२ गते, लैनचौर बैंक्वेट, लैनचौरमा एघारौँ वार्षिक साधारण सभा डाकेको हो। उक्त सभा भर्चुअल माध्यमबाट सञ्चालन गर्ने फाइनान्सले जनाएको छ।
सभामा कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई कुल चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लिएर आएको छ।
साथै, अन्य उपयुक्त बैंक तथा वित्तीयसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि अगाडी सारेको छ।
यसैगरी, फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैशाख १० गते एक दिनको लागि बुकक्लोज मिति तय गरेको छ जसअनुसार बैशाख ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले फाइनान्सको साधारण सभामा सहभागिता र लाभांश प्राप्त गर्नेछन।
संस्थाले प्रकाशन गरेको सुचना यस्तो छ :