back
CTIZAN AD

बालुवाटारबाट स्विच थिचेर शिलान्यास, सरकारी दाबी कति सत्य ?

वि.सं.२०७७ चैत २५ बुधवार

552 

shares

२५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय उद्घाटन तथा शिलान्यासमा व्यस्थ छन् । विशेषगरी प्रधानमन्त्रीले भौतिक निर्माण, सडक, पुल पुलेसाको शिलान्यासमा आफ्नो समय खर्च गर्ने गरेका छन् ।

गत शनिबार मात्र उनले एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत १६५ स्थानीय सडकको एकैपटक शिलान्यास बालुवाटारबाटनै स्विच थिचेर गरे । यी आयोजनाहरुको सुरुवात स्वरुप सरकारले चालू आर्थिक वर्षकै बजेटमा कुल ३ अर्ब २० करोड रुपैयाँ बजेट छुट्याइसकेको थियो ।

ओली आफैले पछिल्लो दुई महिनामा झण्डै २०० सडक सञ्जाल र १०० पक्की पुलको शिलान्यास गरेका छन् । त्यस्तै सरकारले स्थानीय तहहरुलाई पनि प्रथमिकतामा राखेर ३०० भन्दा बढी स्थानीय तहमा १५ शय्यासम्मका आधारभूत अस्पतालको शिलान्यास गरेको थियो । उनले मदन भण्डारी राजमार्गमा अन्तरगतका ३१ वटा पुलको एकैपटक शिलान्यास गरेका थिए ।

सरकारले पछिल्लो समय दैनिक ६.५ किलोमिटर सडक बनेको दाबी गरेपनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको दोस्रो चौमास (साउन–फागुन) सम्ममा कुल ८३४ किलोमिटर सडक सञ्जाल विस्तार भएका छन् ।

जसमध्य कुल ८१ किलोमिटर नयाँ सडकका ट्याकहरु खोलिएका छन् । त्यसका साथै यो अवधिमा ३३५ किलोमिटर अन्य सडकहरु निर्माण भएका छन् भने २१५ किलोमिटर सडक कालोपत्रे भएकाे विभागको भनाई छ । विभागको तथ्याङ्कलाइ हेर्दा मुस्किलले  दैनिक ३.८ किलोमिटर मात्र सडक निर्माण भईरहेको छ । यो तथ्याङ्कले सरकारी दाबी गलत भएको देखाउछ ।

आफ्नो सरकारलाई विकास  प्रेमि देखाउनकै लागि विभिन्न शिलान्यास र उद्घाटनमा व्यस्थ रहेपनि सरकारी दाबि र तथ्याङ्क भने मेल खाएको छैन् । सरकारको पछिल्लो यो कदमको विपक्षी दलका सांसदहरुले समेत प्रश्न उठाउदै आउका छन् । सोमबार संसदमा बोल्ने कतिपय सांसदहरुले प्रधानमन्त्रीको ‘शिलान्यास मोह’ लाई नौटंकीको संख्या दिए ।

कतिपयले त प्रधानमन्त्रीको पछिल्लो कदमलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सिको गरेको पनि भनेका छन् । भारतका प्रधानमन्त्री मोदीले पनि दिनमा यति किलोमिटर सडक बनिरहेको छ भन्ने कुराको प्रचार गर्दै आएका छन भने ओली पनि त्यहि बाटोमा देखिन्छन् ।

वि.सं.२०७७ चैत २५ बुधवार १३:३१ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...