back
CTIZAN AD

कोरोना विरुद्धको खोप लगाउनेलाई अफरै अफर, आइसक्रिम देखि नगद पैसासम्म

वि.सं.२०७७ चैत २७ शुक्रवार

753 

shares

गत वर्षदेखि महामारीको रुपमा विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रणका लागि विश्वका धेरै देशका विभिन्न कम्पनीले उत्पादन गरेको कोरोना विरुद्धको खोप लगाउन सुरु गरिसकेका छन् ।

कोरोना विरुद्धको खोप अभियान नेपालमा पनि पहिलो चरणमा माघ १४ गतेबाट सुरु गरिएको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, चिकित्सक लगायत कोरोनाविरुद्ध फ्रन्ट लाइनमा खटिएकाहरुलाई लगाइएको थियो ।

नेपालमा १८ लाख भन्दा बढीले पहिलो चरणको खोप लगाइसकेका छन् भने पहिलो चरणमा खोप लगाएकाहरुको दोस्रो चरणको खोप अभियान अन्तर्गत दोस्रो मात्रा पनि बैशाख ७ गते लगाउन सुरु गरिएको छ । तर, नेपालमा मात्र नभएर विश्वभरी नै कोरोनाको खोप लगाउने सम्बन्धमा मानिसहरु दुविद्यामा परेको पाइन्छ ।

विश्वभरी हराउला भन्दा झन तिब्ररुपा संक्रमण बढ्दै गइरहेको अवस्थामा सबै देशले यसको नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप भन्दा अरु उपाय नभएको बताइरहेका छन् ।

कोरोना निरन्त्रणका लागि यतिधेरै आवस्यक मानिएको खोप लगाउनका लागि केही उत्साहित भएको पाइन्छ भने केहीले त्यो लगाइसकेपछि देखिने परिणाम के होला भन्ने सोचाइका कारणले पनि खोप लगाउन डराइरहेको पाइन्छ । नेपालमा पनि धेरै मानिसहरु खोप लगाउन भन्दा पहिले डराएको र खोप लगाइसकेपछि १–२ दिन सामान्य ज्वरो आउने र शरीर गल्ने गरेको तर त्यसले त्यस्तो नकारात्मक असर नपारेको बताउँछन् ।

कोरोना नियन्त्रण अभियानका लागि खोपलाई विकल्पको रुपमा लिएका धेरै देशले आफ्नो देशका लक्षित वर्गले खोप नलगाउँदा बिभिन्न अफर तथा डर समेत देखाएको पाइन्५ ।

कोरोनाको खोप लगाउन डराएका चिनियाँ, अमेरिकन, भारतीय लगायतका विभिन्न देशका नागरिकलाई त्यहाँका कम्पनी तथा सरकारले विभिन्न अफर ल्याएको पाइएको छ ।

अमेरिकाको एक चर्चित डोनोट कम्पनी क्रिस्पी क्रीम कम्पनीले कोरोनाको खोप लगाउनेलाई २०२१ को अन्तिमसम्म आफ्नो कम्पनीको डोनोट खुवाउने भएको छ । माडरेना, फाइजर या जोनसन एन्ड जोनसन कम्पनीको भ्याक्सिन लगाएको कार्ड देखाउनेललाई २०२१ भरी दिनको एउटा डोनोट फ्रिमा उपलब्ध गराउने उक्त कम्पनीले जनाएको छ ।

त्यस्तै अमेरिकाको मिडवेस्टर्नका आयोवा, मिसौरी, विस्कान्सिन्, मिनिसोटा, टेनेसी र ओक्लाहोमाका आर्कोड बार चेनमा खोप लगाउनेहरुलाई ५ डलर उपलब्ध गराइएको छ । साथै ओहियोको क्विवल्याण्डका फिल्म हलमा खोप लगाएको प्रमाण देखाउनेलाई निःशुल्क रुपमा पपकर्न उपलब्ध गराइएको छ ।

त्यस्तै क्याब एग्रीगेटर एप उवरले भारतदेखि सम्पूर्ण एसिया, उत्तरी अमेरिका र युरोपमा भ्याक्सिन लगाउने सेन्टरसम्म जान तथा फर्किन असमर्थ रहेकाहरुका लागि एक करोड फ्रि राइडर दिने घोषणा गरिसकेको छ ।

चीनको बेइजिङमा कतिपय भ्याक्सिन सेन्टरको बाहिर म्याकडानल्डस् भ्याक्सीन लगाउनेलाई फ्रि आइसक्रिम खुवाउने भएको छ । साथै फोटो स्टुडियोले जोडीको विवाहको एल्बममा १० प्रतिशत छुट दिने अफर दिएका छन् ।

चीनकै उत्तरी गान्सु प्रान्तको एक स्थानीय सरकारले कविता लेखेर कोरोनाविरुद्धको खोपका बारेमा जानकारी दिइएको पाइएको छ भने हेनान प्रान्तको वानचेंग शहरका अधिकारीहरुले कोरोनाको खोप लगाउन अस्वीकार गर्नेहरुको छोराछोरीको स्कुलको शिक्षा, रोजगार तथा घर खतरामा पर्न सक्ने चेतावनी दिएको छ ।

त्यस्तै इजरायलका धेरै बार र रेष्टुराँमा कोरोना भ्याक्सिनको पहिलो डोज लिनेलाई फ्रि खाना र पेय पदार्थ निःशुल्क उपलब्ध गराउनका लागि सरकारसँग सम्झौता गरेको बताइएको छ ।

त्यस्तै दिल्लीकर्नाटक राज्यका कतिपय रेष्टुरेण्ट र होटलमा कोरोनाविरुद्धको खोप लगाउनेलाई २५ देखि ३० प्रतिशतसम्म छुट दिइएको बताइएको छ । साथै होटल रेष्टुरेण्ट संचालकहरुले सर्वसाधारणको मोबाइलमा यस्तो प्रकारको म्यासेज पनि पठाइरहेको बताइएको छ । ऐजेन्सीको सहयोगमा

वि.सं.२०७७ चैत २७ शुक्रवार १३:३१ मा प्रकाशित

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...