३१ चैत, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले अन्तत आफ्नै नेतृत्वमा सरकार गठन गर्ने आन्तरिक तयारि थाल्ने भएको छ । तर, बाबुराम भट्टराई र महन्थ ठाकुर मध्य कसलाई प्रधानमन्त्रीका लागि अगि सार्ने भर्नेमा भने उनीहरुमा सहमति जुट्न सकेको छैन् ।
दुई दिनसम्म जसपाको केन्द्रीय कार्यालयमा चलेको बैठकमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई पक्ष एवंम अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षको आ–आफ्नै अडान बैठकमा पनि कायमै रह्यो ।
ठाकुर र महतो प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा नेपालको माग पूरा गर्ने प्रकृया सुरु गरेकाले उनको विरुद्धमा तत्कालै जान नहुने पक्षमा छनभने यादव र भट्टराई ओलीले माग पूरा गरे पनि उनको बहिर्गमनको पक्षमा उभिनुपर्ने पक्षमा छन् ।
ओलीलाई जति दिनसम्म टिकाइ राख्ने हो, लोकतन्त्रमाथि त्यति नै खतरा हुने उपेन्द्र यादव पक्षको दाबी छभने महन्थ ठाकुर पक्षले भने लोकतन्त्रमाथि ओलीबाट मात्र नभइ, अन्य दलका नेताबाट पनि खतरा रहेको दाबी गर्दै आएको छ । विभिन्न मत भिन्नताको वावजुत दुबै पक्ष आफ्नै नेतृत्वमा सरकार बनाउनेमा भने सहमत छ । जसपाले पदाधिकारीमा सहमति भइसकेपछि उक्त निर्णयहरु कार्यकारिणी समितिको बैठकबाट अनुमोदन गराउनेछ ।
वि.सं.२०७७ चैत ३१ मंगलवार १४:५८ मा प्रकाशित






























