back
CTIZAN AD

प्रवासी प्रवाहको ४४ औं शृङ्खलामा डायस्पोरिक कथा संग्रह ‘प्रेयसी रोवोट’ को लोकार्पण

वि.सं.२०७७ चैत ३१ मंगलवार

1K 

shares

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसांै शृङ्खलामा क्यानडाका लेखक सुरेन उप्रेतीको दशौ कृति डायस्पोरिक कथा सङ्ग्रह ‘प्रेयसी रोबट’ को हिजो लोकार्पण गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीद्धारा गरिएको उक्त लोकार्पण कार्यक्रममा कृतिकार उप्रेतीलाई कुलपति उप्रेतीले बधाई दिदै प्रवासी नेपालीहरु सङ्गै नेपाली भाषा र साहित्य बिश्वभर फैलिदै गएकोमा खुशी व्यक्त गर्दै प्रज्ञा प्रतिष्ठानले समेत डायस्पोरा डेस्क स्थापना गरि प्रत्येकक दुई–दुई बर्षमा प्रवासका साहित्यकार र अनुबाद साहित्य माथी पुरस्कार दिन शुरु गरेको पनि उपकुलपति उप्रेतीले बताए ।

गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष तथा साहित्यकार जीवा लामिछानेले प्रवासका लेखकहरुले नेपाली भाषा र साहित्यलाई फराकिलो पार्दै लगिरहेका र यसलाई अझै प्रोत्साहन दिनुपर्ने आबश्यकता रहेको बताए ।

No description available.

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा काव्यविभाग प्रमुख प्राध्यापक डाक्टर हेमनाथ पौडेल, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, अनेसासका पूर्व अध्यक्षहरु प्राध्यापक मोहन सिटौला, बसन्त श्रेष्ठ र पदम बिश्वकर्मा, साहित्यकारहरु गोवर्धन पूजा अमेरिका, भानुभक्त आचार्य क्यानडा, समालोचक डाक्टर नेत्र एटम, कमल कोइराला क्यानडा, राजेन्द्र अर्याल, कथाकार सीता अर्याल अमेरिका , साहित्यसागरका प्रधान सम्पादक मणी नेपाली पनेरू अमेरिका, सम्पादक तथा साहित्यकार रमेश सुभेच्छुक, इश्वरी भट्ट अमेरिका, गैरआवासीय नेपाली संघ संस्कृति तथा सम्पदा उपसमितिका संयोजक गोविन्दप्रसाद गौतम रसिया र क्यानडाबाट तारा उप्रेतीको सहभागीता रहेको थियो ।

No description available.

त्यस्तै क्यानडाबाट सन्तोष बराल, डाक्टर कृष्णहरि गौतम, डाक्टर भरत श्रेष्ठ, भोला बराल, नविन सुवेदी, दिपक श्रेष्ठ, शालिग्राम अर्याल, युवराज भण्डारी र विष्णु बस्याल क्यानडाबाट सहभागी भएका थिए भने प्रेम बराल जापान र शिवहरि पोख्रेल नेपालबाट,डाक्टर लेखनाथ काफ्ले ताइवान, क्यानडा, कवि कविन्द्र सिटौला अमेरिका तथा मकालु प्रकाशन गृह नेपालका राजेन्द्र ढकाल समेतको कार्यक्रममा सहभागीता रहेको थियो ।

कार्यक्रममा पुस्तकमाथि समालोचकद्धय डाक्टर नेत्र एटम र कमल कोइरालाले कथा सङ्ग्रहमा रहेका कथाहरूका बिभिन्न पक्षका बारेमा चर्चा गरेका थिए ।

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका संयोजक हिक्मत थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई समितिका सहसंयोजक साहित्यकार महेश्वर पन्त अमेरिका र सदस्य सचिव भगवती बस्नेतले संचालन गरेका थिए ।

वि.सं.२०७७ चैत ३१ मंगलवार १५:१६ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...