३१ चैत, काठमाडौं । मृगौलाको उपचार गर्न काठमाडौको बिर अस्पताल पुगेका मुगु छाँयानाथ रारा नगरपालिका—४ का एक दम्पति आर्थिक अभावले बिर अस्पतालको पेटीमै रात कटाउन बाध्य छन । छायाँनाथ रारा नगरपालिका—४ कि ४४ बर्षिया मैनमति भण्डारी लामो समय देखि बिरामी परेकी थिइन ।
उनलाई उनका पति बाँचबहादुर भण्डारीले बेला बेला जुम्लामा रहेको कर्णाली स्वास्थ्य बिज्ञान प्रष्ठिानमा पत्निलाई उपचार गर्न लिएका थिए । स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाले मृगौलामा समस्या भएको भनि काठमाडौ रिफर गरेको थियो । दुई पटक उपचारका लागी काठमाडौ पुगेका भण्डारी परिवार आर्थिक अभावले पत्निको उपचार गर्ने आसमा बिर अस्पतालको पेटिमा रात कटाउने गरेका हुन ।
स्वास्थ्य बिज्ञान प्रतिष्ठा जुम्लाले मृगौलामा समस्या भएको भनि काठमाडो रिफर गरेपछी पत्निको उपचार गर्न भण्डारीेले गाँउको महिला समुहबाट १ लाख ऋण निकालेर मंसिरमा काठमाडौको बिर अस्पतालमा चेक गराएका थिए ।
बिर अस्पतालमा डाक्टरले मैनमतिको मृगौलाको अप्रशेन गर्नु पर्ने भनेपछी ऋण निकालेका एकलाख रुपैया मंसिरमै सकिएको थियो । पुन डाक्टरले द्रोस्रो पटक चेक जाँच गर्न आउन भनेपछी फागुनमा बिर अस्पताल पुगेका मैनमतिको एक मृगौलाले काम गर्न छाडेको र अर्कोले आधामात्र कामगर्ने र त्यसको पनी अप्रशेन गर्नु पर्ने भनेपछी अािर्थक अभावका कारण होटलमा बस्ने खर्च नभई बिर अस्पतालको पेटीमा रात कटाउन बाध्य भएको मोबाईलबाट रुदै मैनामतिका पति बाँचबहादुरले अन्नापुर्ण संग दुखेसो पोखे ।घरमा तिन जना साना छोराछोरी सहित बुढी आमा छन ।
कमाई गर्ने एक मात्र आफु भएकाले घरबाट पैसो जम्मा पारेर पठाउने कोही छैन । बेच्ने जग्गा जमिन समेत छैन । अर्काको ज्याल मजुदरी गरेर घर परिवालाई एक सरो लुगाफाटो र बिहान बेलुका छाक टार्न समेत आफुलाई अहिले सम्म धौ धौ पर्ने गरेको छ । पत्निलाई काठमाडौ उपचार गर्न भनेर ल्याएको दुई पटक भईसक्यो काठमाडौ चिनेको कोही छैन। होटलमा बस्ने खर्च समेत नहुदा बिरामिलाई पेटीमा सुताएर रात कटाउने गरेको एक महिना भईसकेको भण्डारीले बताएका छन । पुन अप्रशेन गर्नकालागी अस्पताले पैसो जम्मा गर्न भनेका छन । अस्पातलले अप्रेशन गर्न लाग्ने खर्च आधा लिने भनेको छ ।
तर अप्रेशन गर्दा लाग्ने औषधी किन्ने समेत पैसो छैन गाँउघरममा सबैलाई गुहारी सकेका रहेछन । उता गाँउको महिला समुहबाट लिएको एकलाख ऋणको किस्ता महिना महिनामा तिर्नु पर्ने शर्तमा काज गरेका छन । उक्त किस्ता कसरी तिर्ने भनेर चिन्ता लिएका छन । सोमबार उनकि पत्निको अप्रशेन गर्ने भनिएको छ । औषधी किन्ने पैसो समेत रहेन छ । बेला बेला भेट्न आउदा जहिलेपनी दुबैजना अस्पतालको पेटिम बसेका हुन्छन ।
सोमबार अप्रेशन गर्ने भनिएको रहेछ अहिलेसम्म उनले औषधी किन्ने पैसो जम्मा गर्न सकेका छैनन । उनलाई भेट्न पुगेकि भण्डारीको गाँउकी काठमाडौमा अध्यन गर्ने पद्मादेबि भामले बताइन् ।
वि.सं.२०७७ चैत ३१ मंगलवार १५:३१ मा प्रकाशित






























