![ठुलो संख्यामा ई-सेवाले माग्यो कर्मचारी, घरमै बसेर काम गर्न मिल्ने ठुलो संख्यामा ई-सेवाले माग्यो कर्मचारी, घरमै बसेर काम गर्न मिल्ने](https://sansarnews.com/wp-content/uploads/2020/01/jobs.jpg)
३१ चैत्र, काठमाडौं । ई-सेवाले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । ई(सेवाले एक साथ २६५ जना कर्मचारी माग गरेको हो ।
कम्पनीका अनुसार देशका विभिन्न १७ स्थानका लागि कर्मचारी माग गरेको हो ।कम्पनीले काठमाडौंमा ५० जना, चितवनमा २० जना, धनगढीमा २० जना, हेटौडामा १० जना, राजविराजमा १० जना, बिर्तामोडमा १० जना, पोखरामा २० जना, बिराटनगरमा २० जना, दमकमा १० जना, बाग्लुंगमा ५ जना, दाङमा १० जना बिरगंजमा १० जना, बुटवलमा २० जना, नेपालगंजमा २० जना, धरानमा १० जना, लहानमा १० जना र सुर्खेतमा १० जना माग गरेको हो ।
कम्पनीले योग्यता पुगेका ईच्छुक नागरीकलाई १० दिन भित्र आफ्नो बायोडाटा ९सिभी ० मेल गर्नको लागि आग्रह गरेको छ । एसईई वा एसएलसी उतिर्णले यसमा आवेदन दिन सक्नेछन् ।
उक्त काम घरमै बसेर आफ्नो अनुकुल समयमा गर्न सकिने कम्पनीले जनाएको छ ।
संस्थाले प्रकाशन गरेको सुचना यस्तो छ :
वि.सं.२०७७ चैत ३१ मंगलवार १५:३२ मा प्रकाशित