back
CTIZAN AD

युरोपा लिग : म्यानचेष्टर युनाइटेड र आर्सनल सेमिफाइनल प्रवेश

वि.सं.२०७८ वैशाख ३ शुक्रवार

636 

shares

३ वैशाख, काठमाडौं । दुई इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड र आर्सनल युइएफए युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा युनाइटेडले स्पेनिस क्लब ग्रानडालाई २-० ले पराजित गर्दा समग्रमा ४-० सहित सेमिफाइनलमा स्थान बनाएको हो ।

उता आर्सनलले चेक रिपब्लिकन क्लब स्लाभिया प्रागमा ४-० को सानदार जित निकाल्दै समग्रमा ५-१ को नतिजा सहित सेमिफाइनलमा प्रवेश पाएको छ ।

ओल्ड ट्राफोर्डमा भएको दोस्रो लेगमा युनाइटेडले २-० को जित निलाल्दा उसका लागि एडिनसन कभानीले छैटौं मिनेटमा र ग्रानडाका जेसस भालेजुले इन्जुरी समयमा आत्मघाती गोल गरे । उता आर्सनलको जितमा एलेक्स्जेन्ड्रा लाकाजेटले २१औं र ७७औं मिनेटमा, निकोलस पेपेले १८औं र बोकायो साकाले २४औं मिनेटमा गोल गरे।

वि.सं.२०७८ वैशाख ३ शुक्रवार ११:४८ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...