३ बैशाख, काठमाडौं । नेपालमा पनि कोरोना संक्रमणको दोस्रो लहर तिब्र पुनः समुदायस्तरमा फैलिदै गएको पछिल्ला तथ्यांकहरुले देखाएका छन् ।
शुक्रबार विहान अस्पतालको आइसोलेशनमा उपचाररत ७४ जना कोरोना संक्रमितमध्ये ४९ जना आइसीयुमा तथा ७ जना भेन्टिलेटरमा उपचाररत रहेको जानकारी जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले दिएको थियो ।
त्यस्तै शुक्रबार दिउँसो अस्पतालले एक सूचना जारी गर्दै २४ घण्टामा गरिएको १८३ नमुना परीक्षणमा १२७ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।
अस्पतालले एकैदिन यतिधेरै संख्यामा संक्रमित पहिचान हुनेको यो संख्या १ वर्षयताकै बढी भएको जनाएको छ ।
कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दैछ । गत २४ घन्टामा १८३ वटा नमुना परिक्षण गरिएकोमा १२७ जनामा संक्रमण भेटिएको छ,…
Posted by Bheri Hospital on Thursday, April 15, 2021
‘कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दैछ । गत २४ घन्टामा १८३ वटा नमुना परिक्षण गरिएकोमा १२७ जनामा संक्रमण भेटिएको छ, अस्पतालद्धारा जारी सूचनामा भनिएको छ, ‘जसअनुसारPositivity Rate ६९.४ प्रतिशत हुन आउँछ । एकै दिन यति धेरै संख्यामा संक्रमित पहिचान भएको विगत १ वर्षमा यो पहिलो पटक हो । यसले COVID–19 संक्रमण समुदायस्तरमा व्यापक रुपमा फैलिसकेको इंगित गर्छ ।’
अस्पतालले आफ्नो स्रोत साधनले भ्याएसम्म विरामीको उपचारमा प्रतिबद्ध भएर लागेको बताउँदै यहि क्रममा संक्रमण फैलिदै जाने र गम्भीर विरामीको संख्या बढ्दै जाने हो भने विरामीको चाप थेग्न मुस्किल हुने समेत बताएको छ ।
वि.सं.२०७८ वैशाख ३ शुक्रवार १४:४० मा प्रकाशित