back
CTIZAN AD

संक्रमण देखिए एक साता बिद्यालय बन्दगर्न महानगरको निर्देशन

वि.सं.२०७८ वैशाख ३ शुक्रवार

699 

shares

३ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले बिद्यालयका शिक्षक र विद्यार्थीमा संक्रमण देखिए कम्तीमा एक हप्तासम्म विद्यालय बन्द गर्न निर्देशन दिएको छ । पछिल्लो समय कोभिड संक्रमणको दर बढ्दै जादा महानगरले पुर्ण रुपमा विद्यालय बन्दको निर्णय नगरेपनि संक्रमण पुष्टी भएमा बन्द गर्न निर्देशन दिएको हो ।

बुधबारको मेयरस्तरीय बैठकले महानगरभित्रका विद्यालयमा संक्रमण देखिए बन्द गर्न र वैकल्पिक शिक्षण बिधिबाट पठन पाठन संचालनमा ल्याउन भनेको छ । त्यसका साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी जनस्वास्थ्यका मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न पनि महानगरले अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महिना शिक्षण संस्था बन्द गर्न यसअघिनै सुझावसहित सिफारिस गरेको छ । तर, हालसम्म उसको निर्देशन अनुसार सरकारले कुनैपनि निर्णय लिन सकेको छैन् । सीसीएमसी र मन्त्रिपरिषदमा उक्त सुझावबारे छलफल भए पनि निर्णय हुन सकेको छैन ।

वि.सं.२०७८ वैशाख ३ शुक्रवार १४:३८ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...