back
CTIZAN AD

पछिल्लो २४ घण्टामा देशैभरी थपिए ८४३ कोरोना संक्रमित, ५ जनाको निधन

वि.सं.२०७८ वैशाख ४ शनिवार

786 

shares

४ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ५,३३३ पिसीआर र ६७१ ऐन्टिऐजिन परीक्षणमा ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज थपिएका ८४३ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या  २ लाख ८३ हजार ६५८ पुगेको छ ।

त्यसैगरी आज देशैभरी २२६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २२६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ७५ हजार ३८ रहेको छ । कोरोना संक्रमणबाट निको हुनेको दर ९७. प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ जनाको निधन भएको विवरण स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको छ । पछिल्लो २४ घण्टामा थपिएका ५ सहित नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ३०७५ पुगेको छ ।

त्यस्तै देशैभरी सक्रिय संक्रमितको संख्या ५५४५ रहेको छ भने ७४ जना क्वारेन्टिनमा रहेका छन् ।

नेपालमा हालसम्म देशैभरी पिसीआर प्रविधिबाट २३ लाख ४० हजार ४१७ कोरोनाका नमुना परीक्षण गरिएको छ ।

बढ्दो छ कोरोना संक्रमणः आइसीयुमा सय र भेन्टिलेटरमा ३८ जनाको उपचार हुँदै

ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या, ६१५८ नमुना परीक्षणमा ९०० संक्रमित,६ जनाको निधन

वि.सं.२०७८ वैशाख ४ शनिवार १६:२६ मा प्रकाशित

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद...

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुर । चार वर्षदेखि जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका बिरामी नदेखिएको...

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने...

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि...

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...