
४ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ५,३३३ पिसीआर र ६७१ ऐन्टिऐजिन परीक्षणमा ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज थपिएका ८४३ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या २ लाख ८३ हजार ६५८ पुगेको छ ।
त्यसैगरी आज देशैभरी २२६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २२६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ७५ हजार ३८ रहेको छ । कोरोना संक्रमणबाट निको हुनेको दर ९७. प्रतिशत हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५ जनाको निधन भएको विवरण स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको छ । पछिल्लो २४ घण्टामा थपिएका ५ सहित नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ३०७५ पुगेको छ ।
त्यस्तै देशैभरी सक्रिय संक्रमितको संख्या ५५४५ रहेको छ भने ७४ जना क्वारेन्टिनमा रहेका छन् ।
नेपालमा हालसम्म देशैभरी पिसीआर प्रविधिबाट २३ लाख ४० हजार ४१७ कोरोनाका नमुना परीक्षण गरिएको छ ।
बढ्दो छ कोरोना संक्रमणः आइसीयुमा सय र भेन्टिलेटरमा ३८ जनाको उपचार हुँदै
ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या, ६१५८ नमुना परीक्षणमा ९०० संक्रमित,६ जनाको निधन