
३ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ५,५३७ पिसीआर र ६२१ ऐन्टिऐजिन परीक्षणमा ९०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज थपिएका ९०० जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ८२ हजार ८९० पुगेको छ ।
त्यसैगरी आज देशैभरी २०८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २०८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ७४ हजार ८१२ रहेको छ । कोरोना संक्रमणबाट निको हुनेको दर ९७.१ प्रतिशत हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा प्राप्त रिर्पोट अनुसार ४ जना र २४ घण्टाभित्र निधन भएका २ जनासहित आज ६ जनाको निधन भएको विवरण स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको छ । पछिल्लो २४ घण्टामा थपिएका ६ सहित नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ३०७० पुगेको छ ।
त्यस्तै देशैभरी सक्रिय संक्रमितको संख्या ५००८ रहेको छ भने ७७ जना क्वारेन्टिनमा रहेका छन् ।
नेपालमा हालसम्म देशैभरी पिसीआर प्रविधिबाट २३ लाख ३५ हजार ८४ कोरोनाका नमुना परीक्षण गरिएको छ ।