back
CTIZAN AD

आज देशैभरी थपिए ५३४ कोरोना संक्रमित, १० जनाको निधन

वि.सं.२०७८ वैशाख २ बिहीवार

774 

shares

२ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ३,५८८ पिसीआर र ५६४ ऐन्टिऐजिन परीक्षणमा ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज थपिएका ५३४ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ ।

त्यसैगरी आज देशैभरी १५७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १५७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ७४ हजार ६०४ रहेको छ । कोरोना संक्रमणबाट निको हुनेको दर ९७.४ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा प्राप्त रिर्पोट अनुसार ५ जना र २४ घण्टाभित्र निधन भएका ५ जनासहित आज १० जनाको निधन भएको विवरण स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको छ । पछिल्लो २४ घण्टामा थपिएका १० सहित नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ३०६६ पुगेको छ ।

त्यस्तै देशैभरी सक्रिय संक्रमितको संख्या ४,३८४ रहेको छ भने ६८ जना क्वारेन्टिनमा रहेका छन् ।

नेपालमा हालसम्म देशैभरी पिसीआर प्रविधिबाट २३ लाख २९ हजार ५४७ कोरोनाका नमुना परीक्षण गरिएको छ ।

No photo description available.

पछिल्लो २४ घण्टामा देशैभरी थपिए ६०३ कोरोना संक्रमित

वि.सं.२०७८ वैशाख २ बिहीवार १७:०३ मा प्रकाशित

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

काठमाडौँ । बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६...

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

बन्दीपुर (तनहुँ) । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद...

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुर । चार वर्षदेखि जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका बिरामी नदेखिएको...

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने...

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि...