back
CTIZAN AD

ओलीलाई हटाउन केन्द्रदेखि तलसम्मै समिकरणको प्रयास

वि.सं.२०७८ वैशाख २ बिहीवार

717 

shares

वैशाख २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन केन्द्रदेखि तलसम्मै समिकरणको प्रयास भएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीबीच तलसम्मकै समिकरणको बारेमा छलफल चलेको हो ।

स्रोतका अनुसार केन्द्रमा प्रधानमन्त्रीदेखि प्रदेशमा मुख्यमन्त्री हेरफेरबारे प्याकेजमै सहमतीको प्रयास भईरहेको छ । केन्द्रमा केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउँदै प्रदेशमा ओली निकटका मुख्यमन्त्रीलाई विस्थापन गर्ने र नयाँ सरकार बनाउनेबारे प्याकेजमा नै छलफल चलिरहेको छ ।

निकटस्थका अनुसार गण्डकी प्रदेशमा दर्ता गरिएको अविश्वासको प्रस्ताव सुरुवाती हो । तीन दलबीच लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको विषयमा पनि मोटामोटी सहमती भईसकेको छ । जनाइएअनुसार गण्डकीमा कांग्रेसले नेतृत्व गर्ने र लुम्बिनीमा माओवादी केन्द्रले नेतृत्व गर्ने सहमती भएको छ ।

त्यसैगरि अल्पमतमा परेको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई कांग्रेसले सहयोग गर्ने सहमती भएको छ ।

दलहरुबीच ओलीको ठाउँमा कांग्रेसका सभापति शेरबहादुर देउवालाई अगाडि बढाउने छलफल चलिरहेको निकटस्थले बताएका छन् । जहाँ जसपाले भने डा. बाबुराम भट्टराईलाई पनि अगाडि सार्न सकिने बताइरहेकाे छ ।

तथापी जसपा सरकारमा जाने विषयमा भने विभाजित रहेको बताइएको छ । जनाइएअनुसार जसपाकाे महन्थ ठाकुर (पूर्व राजपा) समूह भने केहि अलमलको कुरा गरिरहेको छ । ठाकुर समूह यसअघि पनि पटक–पटक ओलीसँग सहकार्य गर्ने बारे बेग्लै छलफलमा जुटेको थियो । तर, जसपाकाे बहुमत समूह ओली इतरसँग सहकार्य गर्नुपर्ने अडानमा छ ।

निकटस्थका अनुसार केन्द्रदेखि तलसम्मै तीन दलसँग सहकार्यकाे लागि राष्ट्रिय जनमाेर्चाले पनि चाँसाे देखाएकाे छ । दलहरूबीच कतिपय प्रदेशमा निर्णायक मतमा देखिएकाे राजमाेलाई सम्मानपुर्वक अगाडि बढाउने विषयमा छलफल चलिरहेकाे बताइएकाे छ ।

सम्बन्धित समाचार

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

अविश्वासको प्रस्ताव छल्न मुख्यमन्त्री गुरुङले मध्यरातमै गरे प्रदेशसभा अधिवेशनको अन्त्य

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता

वि.सं.२०७८ वैशाख २ बिहीवार १७:१९ मा प्रकाशित

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

काठमाडौँ । बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६...

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने...

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...

कांग्रेसले साउन ७ देखि नागरिक केन्द्रित अभियान सुरु गर्ने

कांग्रेसले साउन ७ देखि नागरिक केन्द्रित अभियान सुरु गर्ने

काठमाडौं  । नेपाली कांग्रेसले पार्टीलाई चुनावी जोडघटाउबाट मुक्त गरी विशुद्ध...

भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार

भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार

भोजपुर । भोजपुरमा एक युवामाथि खुकुरी प्रहार भएको छ ।...