Logo
१६ जेष्ठ २०८०, मंगलवार
     Tue May 30 2023
E-paper
  English Edition
   Unicode
Logo

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता



वैशाख २, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्व अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वासको प्रस्ताव दर्ता गरेको हो ।

अविश्वासको प्रस्तावमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरिएको छ । अविश्वासको प्रस्ताव दर्ता गर्न कांग्रेस नेता नेपालीसहित माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान, जसपाका नेता हरिशरण आचार्य, कांग्रेस सांसद कुमार खड्कालगायत प्रदेश सभा सचिवालय पुगेका थिए।

यसअघि दलहरुले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेसँगै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अचानक प्रदेश सभा अधिवेशन अन्त्य गराएका थिए । प्रदेश सभा अन्त्यका बाबजुद विपक्षी दलहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

अविश्वासको प्रस्तावमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ सांसदले हस्ताक्षर गरेका छन् । तीन सांसद रहेको राष्ट्रिय जनमोर्चाले पनि यसअघि नै अविश्वासको प्रस्तावमा मतदान गर्ने बताईसकेको छ ।

अविश्वासको प्रस्ताव दर्ता गर्दै गर्दा दलहरुले विशेष अधिवेशनको माग गर्ने गरि अगाडि बढ्ने बताएका छन् । कांग्रेसका नेता कृष्णचन्द्र नेपालीले मुख्यमन्त्रीले चोर बाटो समातेको भन्दै विधान, विधिअनुसार विशेष अधिवेशन माग गर्दै अगाडि बढ्ने बताए ।

सम्बन्धित समाचार

अविश्वासको प्रस्ताव छल्न मुख्यमन्त्री गुरुङले मध्यरातमै गरे प्रदेशसभा अधिवेशनको अन्त्य

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।

काठमाडौं । भारतमा हालै बनेको नयाँ सांसद भवनमा राखिएको ‘अखण्ड भारत’ नामक भित्तेचित्रमा नेपालको

काठमाडौं । सरकारले २० संस्थान र समितिहरु खारेज गर्ने भएको छ । सोमबार आगामी

निरा गौतम, रुपन्देही । बुटवलको पुरानो नाम बटौली हो । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा