back
CTIZAN AD

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

वि.सं.२०७८ वैशाख २ बिहीवार

867 

shares

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिएसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार स्पष्ट रुपमै अल्पमतमा परेको थियो । नेकपा (एमाले)भित्रको आन्तरिक किचलो र माओवादी र जनमोर्चाको समर्थन फिर्तासँगै गुरुङको सत्ता जोगिने अवस्था थिएन । तर, गुरुङले भीरको डिलमा झुण्डिन पुगेको सत्तालाई प्रदेश प्रमुखको सहायतले तत्कालका लागि जोगाएका छन् ।

बिहिबार आफुँविरुद्व अविश्वासको प्रस्ताव आउने स्पष्ट भएसँगै उनले प्रदेश प्रमुख अमिक शेरचनको सहयोगमा प्रदेश सभा अधिवेशनको अन्त्य गराउँदै सरकार जोगाएका हुन् । अधिवेशन अन्त्यसँगै तत्कालका लागि गुरुङको सत्ता जोगिएको छ ।

अधिवेशन अन्त्य नै संशयमा

मुख्यमन्त्री गुरुङले बुधबारसम्म पनि आफुँविरुद्व अविश्वासको प्रस्ताव आए सहज रुपमै सामना गर्ने बताएका थिए । उनले लोकतान्त्रिक परिपाटीमा सबै कुरा सम्भव हुने पनि बताएका थिए ।

तर, अविश्वासको प्रस्ताव दर्ताको लागि विपक्षी दलहरुबीच तयारी भईरहेका बेला बिहिबार अचानक बुधबारको मितिमा प्रदेश सभा अधिवेशन अन्त्यको सूचनाले सशंय पैदा गराएको छ । साथै अधिवेशन अन्त्य गराएका प्रदेश प्रमुख अमिक शेरचन सम्पर्क विहिन हुनुले प्रश्न पनि उब्जाएका छन् ।

अनौठो त, माओवादी केन्द्रबाट प्रदेश प्रमुख बनेका शेरचनले एमालेको सत्ता जोगाउन रातारात किन सहयोग गरे ? किन बिहिबार बिहानसम्म पनि विपक्षी दलहरुले अधिवेशन अन्त्यको सूचना पाएनन् ? धेरैले अधिवेशन अन्त्यको झटपट निकालिएको सूचनालाई नै सशंयका रुपमा हेरेका छन् ।

जोगिने अवस्थामा थिएन गुरुङको सरकार

६० सदस्यीय प्रदेश सभामा नेकपा (एमाले)का २७ सांसद थिए । १३ सांसद रहेको माओवादी केन्द्र र तीन सांसद रहेको राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिएसँगै एमाले स्वतः अल्पमतमा पुगेको थियो ।

समर्थन फिर्तासँगै माओवादी केन्द्रले १५ सांसद भएको नेपाली कांग्रेसलाई सत्ता निर्माणमा सहयोग गर्ने निर्णय गरेको थियो । कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चाको समिकरणसँगै सत्ता निर्माणका लागि आवश्यक बहुमत स्पष्ट बनेको थियो । विपक्षी दलहरुबीच समिकरणसँगै अल्पमतमा पुगेको एमाले सरकार जोगिने कुनै सम्भावना थिए ।

स्मरणरहोस् एमाले आफैं विभाजित छ । जहाँ माधव कुमार नेपाल पक्षका सांसदहरु मुख्यमन्त्री गुरुङलाई सहयोग गर्ने पक्षमा छैनन् ।

सम्बन्धित समाचार

अविश्वासको प्रस्ताव छल्न मुख्यमन्त्री गुरुङले मध्यरातमै गरे प्रदेशसभा अधिवेशनको अन्त्य

वि.सं.२०७८ वैशाख २ बिहीवार १३:३५ मा प्रकाशित

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

काठमाडौँ । बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६...

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने...

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...

कांग्रेसले साउन ७ देखि नागरिक केन्द्रित अभियान सुरु गर्ने

कांग्रेसले साउन ७ देखि नागरिक केन्द्रित अभियान सुरु गर्ने

काठमाडौं  । नेपाली कांग्रेसले पार्टीलाई चुनावी जोडघटाउबाट मुक्त गरी विशुद्ध...

भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार

भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार

भोजपुर । भोजपुरमा एक युवामाथि खुकुरी प्रहार भएको छ ।...