back
CTIZAN AD

अविश्वासको प्रस्ताव छल्न मुख्यमन्त्री गुरुङले मध्यरातमै गरे प्रदेशसभा अधिवेशनको अन्त्य

वि.सं.२०७८ वैशाख २ बिहीवार

795 

shares

वैशाख २, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफुँविरुद्व अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भएपछि प्रदेश सभाको अधिवेशन नै अन्त्य गरिदिएका छन् । प्रदेश मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार मध्यरातीदेखि अधिवेशन अन्त्य गरेका हुन् ।

विपक्षी दलहरु नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्रीविरुद्व अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेका थिए । विपक्षी दलहरुले बिहिबार हस्ताक्षर संकलनको तयारी थालेका थिए ।

अविश्वास प्रस्ताव आउने निश्चित भएसँगै गुरुङले सत्ता बचाउका लागि अधिवेशन अन्त्य गरिदिएका हुन् ।

६० सदस्यीय प्रदेश सभामा सत्तारुढ नेकपा (एमाले)को पक्षमा २७ सांसद छन् । एमाले इतरका दलहरुसँग बहुमत छ । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिएसँगै गुरुङ अल्पमतमा परेका थिए ।

यसबीच एमालेभित्रको आन्तरिक विवादका कारण पनि गुरुङ समस्यामा थिए । एमालेको माधव कुमार नेपाल पक्ष उनीविरुद्व खुलेर लागेको थियो ।

 

वि.सं.२०७८ वैशाख २ बिहीवार १२:४३ मा प्रकाशित

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

काठमाडौँ । बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६...

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने...

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...

कांग्रेसले साउन ७ देखि नागरिक केन्द्रित अभियान सुरु गर्ने

कांग्रेसले साउन ७ देखि नागरिक केन्द्रित अभियान सुरु गर्ने

काठमाडौं  । नेपाली कांग्रेसले पार्टीलाई चुनावी जोडघटाउबाट मुक्त गरी विशुद्ध...

भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार

भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार

भोजपुर । भोजपुरमा एक युवामाथि खुकुरी प्रहार भएको छ ।...