back
CTIZAN AD

कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदी हुँदा व्यवस्थापनमा समस्या

वि.सं.२०७८ वैशाख २ बिहीवार

870 

shares

२ बैशाख, महेन्द्रनगर । साढे चार दशकअघि स्थापना भएको कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन र सुरक्षामा समस्या सिर्जना भएको छ । स्थापनाकालमा २३ जनाको दरबन्दी कायम भएको कारागारमा ९५ कैदीबन्दी राख्ने क्षमता भए पनि हाल ४१४ कैदीबन्दी हुँदा थप समस्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले कारागारमा प्रहरी निरीक्षकको नेतृत्वमा एक प्लाटुन प्रहरी राख्न आवश्यक रहेको बताए । “पाँच कैदीलाई यताउता लैजानु पर्दा १० प्रहरी खटिनुपर्ने स्थिति छ”, प्रहरी उपरीक्षक चर्तुवेदीले भने, “न त सुरक्षित भ्यान छ न त जनशक्ति थप ।”

कारागार प्रशासन र जिल्ला सुरक्षा समितिले पनि कारागारको अवस्था जीर्ण रहेको र नयाँ व्यवस्थापनमा पहल गर्न केन्द्रमा पत्राचार गरे पनि कुनै सुनुवाइ अहिलेसम्म भएको छैन । प्रहरी उपरीक्षक चर्तुवेदीले कारागारमै प्राथमिक स्वास्थ्य सुरक्षाको व्यवस्थासमेत हुनुपर्ने बताए । “जिल्ला बाहिर कैदीबन्दी सार्नुपरे सुरक्षाकर्मीको अभाव हुने स्थिति छ”, उनले भने, “एक प्रहरी कर्मचारी कारागारमा २४ घण्टा ड्युटी गर्नुपर्ने बाध्यता छ ।”

त्यसैगरी कञ्चनपुर कारागारका जेलर माया बस्नेत थापाले अहिले कैदीबन्दीलाई टेन्टमा राख्नुपर्ने अवस्था आएको बताइन् । “यहाँ ठाउँ नभएर चार कैदीबन्दी धनगढी र केही सङ्ख्यामा दाङ पठाउन माथि पत्राचार गरेका छौँ”, जेलर थापाले रासससँग भनिन्, “कारागार पुनःनिर्माण र व्यवस्थापन सुधारका लागि केन्द्रमा धेरैपटक लिखित र मौखिक पहल हुँदा पनि अझै केही भएको छैन ।”

उनले १५ महिला कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा अहिले २५ महिला बन्दी रहेको जानकारी दिइन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पछिल्लो समय प्रहरीले लागुऔषध नियन्त्रणका लागि जिल्लाभर चलाएको अभियानअन्तर्गत ब्राउनसुगर, खैरोहिरोइनलगायत लागुपदार्थसहित दिनहुँजसो अभियुक्त पक्राउ परिरहेका छन् । त्यसैगरी यहाँ महिला हिंसा, जबर्जस्ती करणी, चोरी, ज्यान मार्ने उद्योगलगायत घटना बढी हुने गरेको प्रहरी तथ्याङ्कले देखाएको छ ।

“कारागारबाट कम्तीमा डेढ÷दुई सय कैदीबन्दी अन्य कारागार पठाउनुपर्ने देखिन्छ ।” प्रहरी उपरीक्षक चर्तुवेदीले भने, “कारागारमा खटिने प्रहरीलाई थप सशक्त बनाउन जरुरी छ ।”
रासस

वि.सं.२०७८ वैशाख २ बिहीवार १२:४६ मा प्रकाशित

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...