back
CTIZAN AD

मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु

वि.सं.२०७८ वैशाख २ बिहीवार

726 

shares

२ बैशाख, बाग्मती । राष्ट्रिय अनुसन्धान विभाग वाग्मती प्रदेश कार्यालय हेटौँडामा कार्यरत दुई कर्मचारीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा विभागका सूचक हबल्दार पदमा कार्यरत अन्दाजी ३८ वर्षीय शशिकान्त झा र सहायक सूचक सिपाही पदमा कार्यरत अन्दाजी ३० वर्षीय सानुकाजी चित्रकार रहेको जिल्ला प्रहरी कार्यालय बाराले आज जनाएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको पिप्लेको बालगङ्गा पुल नजिक मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा दुवैको मृत्यु भएको हो । पथलैयाबाट निजगढतर्फ ना२७प ६३६ नंको मोटरसाइकलबाट जाने क्रममा बालगङ्गामा सो दुर्घटना भएको बताइएको छ । सूचक झाको घटनास्थलमा मृत्यु भएको छ भने सहायक सूचक चित्रकारको वीरगञ्जको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
रासस

वि.सं.२०७८ वैशाख २ बिहीवार १२:५९ मा प्रकाशित

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन भोलि...

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका...

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन...

दराज नेपालद्वारा ६.६ मिड इयर शपिङ फेस्टको घोषणा,७५ प्रतिशतसम्म छुट र बम्पर उपहार जित्ने अवसर

दराज नेपालद्वारा ६.६ मिड इयर शपिङ फेस्टको घोषणा,७५ प्रतिशतसम्म छुट र बम्पर उपहार जित्ने अवसर

काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो...

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

कैलाली । धनगढी उपमहानगरपालिका–१५ कनरीस्थित दुग्ध विकास संस्थानअन्तर्गतको धनगढी दुग्ध...